Logo जेठ ३०, २०७८ आइतबार


कोरोनासँगै भाइरल ज्वरोको जोखिम

डोटी । सुदुरपश्चिमको डोटीमा भाइरल ज्वरोको जोखिम बढेको छ ।

कोरोना संक्रमणका कारण जिल्लावासी आक्रान्त भइरहेका बेला दिपायल सिलगढी र शिखर नगरपालिका तथा जोरायल, पुर्वीचौँकी र बोगटान फुड्सिल गाउँपालिकामा भाइरल ज्वरोका बिरामी बढेका छन् ।

गाउँमा भाइरल ज्वरोले नागरिक थला पर्न थालेपनि स्थानीय स्वास्थ्य संस्थामा सामान्य ज्वरोको औषधिसमेत नभएका कारण झनै समस्या भएको पीडितको गुनासो छ ।

कोरोना संक्रमणसँगै गाउँगाउँमा भाइरल ज्वरोका बिरामी बढेपछि मुस्किल बढेको शिखर नगरपालिका–१ समुहगाढका खडकबहादुर बोगटीले बताउनुभयो ।

टाउँको दुख्ने, ज्वरो आउने, कम्मर दुख्नेलगायत लक्षणसहितका बिरामी प्रायःदैनिक अस्पतालमा उपचारका लागि आउने गरेको शैलेश्वरी अस्पताल दिपायलका स्वास्थ्यकर्मी लोकेन्द्र बोहराले जानकारी दिनुभयो ।

भाइरल ज्वरो तथा रुघाखोकीका बिरामी बढ्दै गए पनि उपचार गर्ने ठाउँ नभएका कारण थप समस्या हुँदै आएको स्थानीयले बताए ।

जोरायल गाउँपालिकाका स्वास्थ स्वास्थ्य संयोजक गोविन्द विष्टले भाइरल ज्वरोका दैनिक बिरामी स्वास्थ्य संस्था आएका विरामीलाई सामान्य ज्वरोको औषधि दिएर र जाँच गर्दा निको नभएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…