Logo जेठ ३०, २०७८ आइतबार


वीर अस्पतालको सर्जिकल भवनमा काेराेना संक्रमितको उपचार

काठमाडाैं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले सर्जिकल भवनमा बुधबारदेखि कोभिड बिरामीको उपचार सुरु गरेको छ । सय बेड क्षमतामा तयार गरिएको वार्डमा तत्कालका लागि ५० बेड सञ्चालनमा ल्याएको छ ।

सुविधासम्पन्न नयाँ सर्जिकल भवनमा उपचार सुरु भएपछि इमेर्जेन्सीमा बिरामीको चाप नियन्त्रणमा आएको छ । अस्पतालले ५० वटा अक्सिजनसहित बेड तयार राखे पनि बुधबार वार्डमा सातजना मात्र बिरामीको उपचार भइरहेको छ ।

अस्पतालका पुराना भवनका वार्डहरूमा बिरामीको चाप नभएकाले वीर र राष्ट्रिय ट्रमा सेन्टरको इमर्जेन्सीमा आउने बिरामीलाई मात्र अस्पतालले नयाँ भवनमा सारिरहेको छ । अस्पतालका कोभिड युनिटका संयोजक डा अच्युत कार्कीका अनुसार ट्रमा सेन्टर र वीर अस्पतालको पुरानो भवन खाली गर्ने उद्देश्यले नयाँ भवन सुरु गरिएको हो । आइसियू, भेन्टिलेटर र एचडियू बेडहरू अपुग भइरहे पनि सामान्य बेडहरू पनि खाली हुँदै गएका छन् । वार्डमा बुधबार ३७ बेड खाली छन् ।

‘बिरामीको चापको आधारमा नयाँ भवन आवश्यक नभए पनि सर्जिकल भवन सुचारु गर्नुपर्ने दबाबका कारण सञ्चालनमा ल्याइएको छ । नयाँ थपिने बिरामीलाई सर्जिकल वार्डमा सिफ्ट गर्दै लाने योजना बनाएका छौँ, यसले पुराना भवनमा ननकोभिडका बिरामीलाई उपचारका लागि सहज हुन्छ भने तेस्रो लहर आइहालेमा पनि चाप नियन्त्रणमा ल्याउन सकिन्छ,’ कार्कीले भनेकाे समाचार नयाँ पत्रिका दैनिकमा विस्तृतमा छापिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

अन्न कृषिमा आम्दानी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दानी मिल्नेछ ।