Logo जेठ ३०, २०७८ आइतबार


फ्रान्स र यूएईबाट आइपुग्यो स्वास्थ्य सामग्री

काठमाडाैं। फ्रान्सेली सरकारले पठाएको सहयोग सामग्री नेपाल भित्रिएको छ । बुधबार आइपुगेका ती सहयोग सामग्रीमा पाँच लाख चार हजार थान मास्क, २० हजार २२५ थान एन्टिजेन किट, १२ हजार थान चस्मा, १४ थान रेस्पिरेटर लगायतका सामग्री छन् ।

कोभिड सङ्कटका बेला फ्रान्सले उपलब्ध गराएका ती स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीलाई नेपालका लागि फ्रान्सका राजदूत फ्रान्सियस जेभियर लेगरले हस्तान्तरण गर्नुभएकाे हाे ।

हस्तान्तरण समारोहमा मन्त्री त्रिपाठीले कोरोना सङ्क्रमितको उपचारमा सघाउ पुग्ने यो मूल्यवान् सहयोगका लागि फ्रान्स सरकारलाई धन्यवाद दिनुभयाे। यो सहयोग फ्रान्स सरकारले द्विपक्षीय सम्बन्ध र युरोपियन युनियन ‘सिभिल प्रोटेक्सन मेकानिज्म’मार्फत आउने सहयोग अन्तर्गत पठाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसैगरी, संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले पठाएको चिकित्सा सहयोग सामग्री बुधबार नै नेपाल आइपुगेको छ । विशेष विमानबाट ल्याइएको ती सामग्रीमा भेन्टिलेटर, चिकित्सा ट्रली, मास्क, मेडिकल गाउन, गगल्सलगायत छन् ।

केही दिनअघि नेपाल र यूएईका विदेशमन्त्रीबीच भएको वार्ताका क्रममा प्रतिबद्धता अनुसार यूएई सरकारले सहयोग सामग्री नेपाल पठाएको हो । ती स्वास्थ्य सामग्री बुधबार नै स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…