Logo जेठ ३०, २०७८ आइतबार


कतार विश्वकप छनाेट, चाइनिज ताईपेइसँग भिड्दै नेपाल

काठमाडौं। कतार विश्वकप–२०२२ र एसियन कप–२०२३ का लागि जारी एसिया क्षेत्रको छनौट खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले आज आफ्नो छैटौं खेल चाइनिज ताईपेइसँग खेल्दै छ। यो खेल कुवेतमा नेपाली समयअनुसार राति ठीक ९ः४५ बजेबाट सुरु हुनेछ। खेल जबर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ। यो खेल नेपाली टोलीका लागि महत्त्वपूर्ण खेल रहनेछ।

छनौट खेलमा समूह ‘बी’मा रहेको नेपालले यसअघि ५ खेल खेलिसकेको छ। जस मध्ये नेपालले ४ खेल हारेर मात्रै एक खेल जितेको छ। नेपाल ३ अंकका साथ अंक तालिकाको चौथो स्थानमा रहेको छ। अंक तालिकामा नेपाल चाइनिज ताईपेइभन्दा मात्रै अघि रहेको छ। सो समूहमा ४ वटै खेल जितेको अस्ट्रेलिया १२ अंकसहित शीर्ष स्थानमा छ भने समान १० अंक भएका कुवेत र जोर्डन क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।

यसअघिका ५ खेलमध्ये ४ खेल हारिसकेको नेपालका लागि विश्कप छनौटको तेस्रो चरणमा जाने सम्भावना करिब सिद्धिसकेको अवस्थामा एसियन कपमा छनौट हुने समभावना कायम राख्न नेपाल दुवै समूहबाट समग्रमा चौथो स्थानमा रहन सक्नुपर्छ । त्यसका लागि नेपालले बाँकी ३ खेलमा राम्रो नतिजा निकाल्न सक्नुपर्छ । तसर्थ, नेपाली टोली अहिले ठूलै दबाबमा रहेको छ।

नेपालले केही दिनअघि मात्रै इराकसँग मैत्रीपूर्ण खेल खेलेको थियो। नेपालबाट इराक पुगेर नेपालले घरेलु टोलीसँग मैत्रीपूर्ण खेल खेल्दा ६–२ को हार व्यहोरेको थियो । फिफा वरीयतामा नेपालले आफूभन्दा १०३ स्थान सिनियर इराकसँग छनौट खेलको तयारीस्वरूप खेलेको थियो। सो खेलपछि नेपाल पैदालमार्ग हुँदै कुवेत पुगेको थियो । नेपालले खेल्न बाँकी ३ वटै खेल कुवेतमै खेल्नेछ । बाँकी ३ मध्ये पहिलो खेल आज चाइनिज ताईपेइसँग खेल्न लागेको हो।

आज कुवेतको भूमिमा खेल्दा नेपाली टोलीलाई मौसम र वातावरणका हिसाबले कठिन पर्न सक्छ। कम तापक्रममा खेल्ने बानी परेका नेपाली खेलाडीका लागि कुवेतको उच्च तापक्रममा खेल्न सहज हुनेछैन आज चाइनिज ताईपेइविरुद्ध खेल्दा नेपाली टोली अघिल्लो खेलकै नतिजा दोहोराउने दाउमा हुनेछ। यसअघि नेपालले उसलाई २–० ले हराएको थियो।

कुवेतमा नेपालले छनौटअन्तर्गत खेल्ने ३ वटै खेल नेपालमा प्रत्यक्ष प्रशारण हुनेछ। नेपालमा यी खेल कान्तिपुर टिभीले लाइभ दिनेछ। तीन दिनअघि मात्रै अखिल नेपाल फुटबल संघ (एन्फा) र कान्तिपुर टिभीबीच नेपालको खेल लाइभ गर्ने विषयमा दोहोरो सम्झौता भएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…