Logo असार १, २०७८ मंगलबार


बेलायतको पत्रिकामा नेपालको बदनाम गराउने समाचार, कोरोनाको नयाँ भेरियन्ट देखिएको दाबी

काठमाडौं । बेलायतको एक पत्रिकाले नेपालको बदनाम गराउने समाचार छापेको छ ।

चर्चित ट्याब्लेट पत्रिका डेली मेलले बिहीबार कभर स्टोरीमै नेपालको बदनाम गराउने समाचार छापेको हो । नेपालमा कोरोनाको नयाँ भेरियन्ट देखिएको र त्यसले यूरोपलाई समेत जोखिम पारेकाले त्यसबेला लाखौं बेलायतीको बिदालाई प्रभावित पारेको भनेर लेखिएको छ ।

त्यहाँका मन्त्रीलाई स्रोत भनेर लेखिएको समाचारको अहिले तीव्र आलोचना भइरहेको छ । किनकी विश्व स्वास्थ्य संगठनले नेपालमा अहिलेसम्म नयाँ भेरियन्ट देखिएको भन्ने पुष्टि गरेको छैन । नेपालमा अहिले देखिएका भारत र बेलायतका भेरियन्ट हुन् । तर, डेलिमेलले नेपालमा नयाँ भाइरस म्युटेन्ड भएको र त्यसलाई खोप समेत प्रभावकारी नभएको भनेर समेत समाचारमा दाबी गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले बेलायती पत्रिकाको समाचार झुटो भएको बताउनुभयो । नेपालमा नयाँ भेरियन्ट अहिलेसम्म पुष्टि नभएको उउहाँको भनाई छ ।

नेपालमा कोरोना महामारीबाट हजारौं प्रभावित भइरहँदा सो पत्रिकाले भने आफ्ना देशका नागरिकको बिदाको घुमघाम प्रभावित हुन लागेको विषयलाई बढी जोड दिएकोमा समेत सामाजिक सञ्जालमा सो पत्रिकाको आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…