Logo जेठ ३०, २०७८ आइतबार


कोरोना संक्रमित पूर्व सांसद वाइबाको निधन

काठमाडौ । पूर्व सांसद विष्णुलाल तामाङ (बिएल वाइबा) को निधन भएको छ।

कोरोना संक्रमित भएपछि उपचारका क्रममा उहाँको बिहीबार साँझ निधन भएको हो।

उच्च रक्तचाप र मधुमेहबाट समेत पीडित वाइबाको उपचारको क्रममा झापाको दमकस्थित आम्दा अस्पतालमा निधन भएको हो । उनका तीन छोरा र दुई छोरी छन्।

स्थानीय सामन्त विरुद्धको तमसुक फट्टा आन्दोलनबाट आफ्नो संघर्ष यात्रा शुरु गरेका वाइबा २०४४ सालमा भारतको दरभंगामा भएको राष्ट्रिय सम्मेलनबाट तत्कालीन नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य हुनुभएको थियो ।

२०४८ सालको आम निर्वाचनमा सिराहाको तत्कालीन निर्वाचन क्षेत्र नम्बर ५ बाट उहाँ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

वाइबा नेकपा (माओवादी केन्द्र) को पोलिटब्यूरो सदस्य रहनुभएको थियो । वाइबाको निधनप्रति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दुःख व्यक्त गर्नुभएको छ ।

वाइबाको निधनले नेपाली राजनीतिले सच्चा राष्ट्रवादी अग्रगामी नेता गुमाएको छ भने कम्युनिष्ट आन्दोलनले आफ्नो अभिभावक गुमाएको दाहालको भनाइ छ । उहाँले सादा जीवन, सरल र जुझारु वाइबाका जीवनपयोगी भोगाइ परिवर्तनकारी एवं क्रान्तिकारी युवाहरुका लागि प्रेरणाको स्रोत बन्ने विश्वास लिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

अन्न कृषिमा आम्दानी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दानी मिल्नेछ ।