Logo जेठ ३०, २०७८ आइतबार


डाेटीमा चाैथाे पटक निषेधाज्ञा थप

किरण धामी
डोटी । जिल्लामा जारी निषेधाज्ञा जेठ ३१ गतेसम्मका लागि थप गरिएकाे छ । शुक्रवार जिल्ला प्रशासन कार्यालय डोटीले कोभिड–१९ को सङ्क्रमण दर अझै कम हुन नसकेको भन्दै निषेधाज्ञाकाे समय थप गर्ने निर्णय गरेको हो ।

डाेटीमा निषेधाज्ञाको समय थप गरिएको यो चौथो पटक हो । बैशाख २१ गते राति १२ बजेदेखि लागु भएको निषेधाज्ञा जिल्लामा जारी छ ।

आदेशको उलंघन गर्ने, औषधि, औषधीजन्य सामग्री, अत्याआवश्यक उपभोग्य वस्तु वा सेवाको आपुर्तिमा कृतिम अभाव सिर्जना गर्ने, मूल्य बृद्धि गर्ने जस्ता कार्य गर्नेलाई कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७८ र स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी सुनिल खनालले बताउनुभयो ।

योभन्दा अगाडि थपिएको निषेधाज्ञाको समय जेठ २२ गते राति १२ बजे सकिँदै छ ।

जिल्लामा हालसम्म कोरोना सङ्क्रमितको संख्या दुई हजार ५ सय ९३ पुगेको छ । दुई सय ९७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ ।

काठमाडाैं । काेरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् ।  सरकारले चीनबाट ल्याएको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…