Logo जेठ ३०, २०७८ आइतबार


कपिलवस्तुमा ४ सय ६३ कृषकलाई कृषि सामग्री वितरण

सनिउल्ला धोबी
कपिलवस्तु । शिवराज नगरपालिकाका ४ सय ६३ कृषकलाई कृषि उपकरण वितरण गरिएको छ । नगरको वार्षिक कार्यक्रम अन्तर्गत किसानको मागको आधारमा विभिन्न सामग्रीहरु वितरण गरिएको हो ।

शुक्रवार उक्त सामग्री वितरण गर्दै नगरप्रमुख नेत्रराज अधिकारीले उत्पादन वृद्धि गर्नका लागि कृषि औजारसहित उपकरणहरु वितरण गरेको बताउनुभयो । खेती गर्न प्रविधि यान्त्रिकरण गर्दै किसानहरुले उत्पादनमा गर्ने बस्तुमा वृद्धि हुने विश्वास रहेको नगर प्रमुख अधिकारीले जानकारी दिनुभयो ।

नगरका ११ वटै वडाका कृषकहरुलाई हाते सानो ट्याक्टरदेखि मकै छोडाउने उपकरणसम्म वितरण गरेको छ । नगरका २२८ जना कृषकलाई पम्पसेट, ४५ जनालाई हाते ट्याक्टर, २० जनालाई धान काट्ने मेसिन, ५ जनालाई मकै छोडाउने मेसिन, ६९ जनालाई स्प्रे, ६० जनालाई सिचाई मोटर र ३६ जनालाई वोरिङ उपलव्ध गराएको कृषि विकास शाखाका प्रमुख तारा चौधरीले बताउनुभयो । वितरण गरिएको सामग्री नगरपालिकाको ७५ प्रतिशत र किसानको २५ प्रतिशत लगानीमा वितरण गरिएको हो । १ करोड १५ लाखको कृषि सामग्री वितरण गरिएको चौधरीले बताउनुभयो ।

शिवराज नगरपालिकाले दिएको सानो ट्याक्टर पाएपछि थारुलाई खेत जोत्ने गोरु, हलीको चिन्ता हटेको छ । गोरु र हलीको पैसा वचत हुनुका साथै समयको पनि वचत हुने भएको छ । शिवराजका किसानहरु आकासबाट कहिले पानी पर्ला र खेत कहिले रोप्ने चिन्ताबाट मुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…