Logo जेठ ३०, २०७८ आइतबार


प्रवासी नेपालीद्वारा पर्वतका सात स्थानीय तहलाई १२ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग

राजन पौडेल
पर्वत । कोरोना महामारीको जोखिम न्यूनिकरण गर्न पर्वतका सात वटा स्थानीय तहलाई प्रवासीहरुले झण्डै १२ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेका छन् । अन्तर्राष्ट्रिय पर्वत समाजले स्थानीय तहलाई झण्डै १२ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

समाजले गाउँगाउँमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन थालेपछि जिल्लावासीको स्वास्थ्य अवस्थालाई मध्येनजर गदै कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि उक्त सामग्री सहयोग गरेको हो । कोरोना महामारीको रोकथाम र नियन्त्रणका लागि अग्रपंतिमा खटिएका स्थानीय तहलाई शुक्रबार जिल्ला प्रशासन कार्यलय पर्वतमा एक कार्यक्रमको आयोजना गरी स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ।

जिल्ला स्थित फलेवास र कुश्मा नगरपालिका सँगै जलजला, मोदी, महाशिला, बिहादी र पैयुँ गाउँपालिकालाई एघार लाख ९७ हजार ५६० रुपैयाँ बरावरको स्वास्थ्य सामग्री वितरण गरेको अन्तराष्ट्रिय पर्वत समाजका महासचिव गुणराज शर्मा ‘गुँरास’ ले जानकारी दिनुभयो । उहाँका अनुसार समाजले ग्लोब्स (परिक्षण), सर्जिकल ग्लोब्स, हेण्ड सेनिटाईजर, डिजिटल थर्ममिटर, वि.पि सेट, सर्जिकल मास्क, फेस शिल, प्लस अक्सोमिटर, बेड टिसु, नसल क्यानुला अक्सिजन मास्क र स्टेचर लगायतका स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

उक्त सामग्री जिल्ला कोभिड व्यवस्थापन समितिको संयोजक एवम् प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीसहित र अन्तर्राष्ट्रिय पर्वत समाजका सल्लाहकार अर्जुनकुमार श्रेष्ठ, कानुनी सल्लाहकार केशवराज पुरी र पर्वत समाज यूएईका अध्यक्ष सरोज जिसी लगायतले पालिका प्रमुखहरुलाई हस्तान्तरण गर्नुभएको थियो । हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी खत्रीले संकटको बेला सहयोग गरेकोमा अन्तर्राष्ट्रिय पर्वत समाज परिवारलाई धन्यबाद दिनुभयो ।

कोभिड महामारीलाई जित्नका लागि सबै सतर्क हुनुपर्ने, स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने भन्दै उनले डिसिसिएमसीको निर्णय र स्वास्थ्य मन्त्रालयको निर्देशन अनिवार्य पालना गर्न सर्वसाधारणसँग आग्रह गर्नुभयो । कार्यक्रममा कुश्मा नगरपालिका प्रमुख रामचन्द्र जोशी, जलजला गाउँपालिकाका अध्यक्ष यामवहादुर मल्ल ‘राकृष्ण’, मोदी गाउँपालिका अध्यक्ष प्रेम पौडेल लगायतको उपस्थिती रहेको थियो ।

अन्तर्राष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरीले जिल्ला संकटमा रहेको बेला अन्तराष्ट्रिय पर्वत समाजले सहयोग गर्ने बताउनुभयो । उहाँले गत वर्ष कोरोना नियन्त्रण र रोकथामा सहयोग गरेको भन्दै स्वास्थ्य सामग्रीलाई आवश्यकताका आधारमा प्रयोग आग्रह गर्नुभयो । उहाँले उहाँले स्वास्थ्य सामग्री वितरणमा सहयोग पुर्याउने समाजका प्रमुख संरक्षक, सल्लाहकार, पदाधिकारी, नेपाल प्रतिनिधि, जनप्रतिनिधि एवम् पत्रकारहरुलाई विशेष आभार एवम् धन्यवाद व्यक्त गर्नूभएको छ ।

पर्वत जिल्ला घर भई हाल नेपाल र विदेशमा बसोवास गदै आएका पर्वतवासी नेपालीहरुले जिल्लामा सामुदायिक, स्वास्थ्य, शिक्षा र परोपकारी कार्यक्रममा सहयोग गर्ने गरी ‘‘सम्बृद्ध पर्वत निर्माणको लागि साुमहिक अभियान’’ भन्ने मूल नाराका साथ अन्तराष्ट्रिय पर्वत समाजको गठन भएको हो ।

समाजले पहिलो चरणमा पालिकाहरुलाई स्वास्थ्य वितरण गरेको र दोस्रो चरणमा ११ वटा अक्सिजन कन्सनट्रेटर मेसिन वितरण गर्ने कार्यक्रम रहेको जनाएको छ । उक्त मेशिन चीन देखि पर्वत पुर्याउन सम्माननीय राष्ट्रिय सभा अध्यक्षगणेश तिमिल्सिनाले समन्वय गरिरहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ ।

काठमाडाैं । काेरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् ।  सरकारले चीनबाट ल्याएको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…