Logo जेठ ३०, २०७८ आइतबार


सांसदबाट पदमुक्त गरिएका थापाद्वारा सर्वाेच्चमा रिट दायर

कास्की। गण्डकी प्रदेशको सांसदबाट पदमुक्त गरिएका जनमोर्चाका कृष्ण थापाले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ । आफूलाई सांसदबाट हटाइएको भन्दै सांसद थापाले पार्टी कारबाही फिर्ताका लागि सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको हो ।

पार्टी निर्देशन विरुद्ध लागेको भन्दै जनमोर्चाले उहाँलाई बिहीबार गण्डकी प्रदेशसभा सदस्यबाट हटाएको थियो ।

जनमोर्चाले बिहीबार थापालाई सांसद पदबाट हटाउन प्रदेशसभा सचिवालय र सभामुख नेत्रनाथ अधिकारीलाई पत्र पठाएको थियो । पत्र अनुसार सभामुखले उहाँलाई सांसद पदबाट मुक्त गरिएको बताउनुभएको थियो ।

आज (शुक्रबार) सांसद थापाको तर्फबाट सर्वोच्च अदालतमा वरिष्ठ अधिवक्ता विजयकान्त मैनालीलगायतका कानुन व्यवसायीले रिट दर्ता गराएका छन्।

रिटमा सांसद पद खारेजी कानुनसम्मत नभएकाले खारेजीको माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ ।

काठमाडाैं । काेरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् ।  सरकारले चीनबाट ल्याएको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…