Logo जेठ ३०, २०७८ आइतबार


चिनियाँ कम्पनी सिनोभ्याकको कोरोनाविरुद्ध खोपलाई नेपालमा अनुमति

काठमाडौं । सरकारले चिनियाँ कम्पनी सिनोभ्याक लाइफ साइन्सले विकास गरेको कोभिड १९ विरुद्धको खोपलाई नेपालमा प्रयोग गर्न अनुमति दिएको छ । सिनोभ्याक खोपलाई विश्व स्वास्थ्य संगठनले गत मंगलबार मात्रै आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको औषधि व्यवस्था विभागको शुक्रबार बसेको बैठकले सिनोभ्याक खोपलाई अनुमति प्रदान गरेको हो । यो खोप १८ वर्षभन्दा बढी उमेर समूहका मानिसहरुलाई लगाउन सकिने छ । यो खोप २ देखि ८ डिग्री सेन्टिग्रेड तापक्रममा १२ महिनासम्म राख्न सकिने बताइएको छ ।

नेपाल सरकारले यसअघि भारतको सेरम इन्स्टीच्यूटले उत्पादन गरेको कोभिशील्ड, चिनियाा कम्पनी सिनोफार्मको भेरोसेल र रुसी गामालेय कम्पनीको स्पुतनिक भी खोपलाई आपत्कालीन प्रयोगको अनुमति दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…