Logo जेठ ३०, २०७८ आइतबार


निषेधाज्ञाको विरोध गर्दै प्रदर्शन गर्ने रुपन्देहीका दुईजना पक्राउ, संक्रामक रोग ऐन अनुसार कारबाहीको तयारी

-प्रतीक पौडेल

रुपन्देही। निषेधाज्ञाको विरोध गर्दै रुपन्ेहीमा प्रदर्शन भएको छ ।

शनिवार लुम्बिनीको खुनगाईमा केही युवाहरुले कोरोना महामारी केही होईन , प्रहरी प्रशासन मुर्दाबाद, निषेधाज्ञा मान्दैनौ भन्दै नाराबाजी गर्दै प्रदर्शन गरेका थिए । उक्त समुहले आइतवार सबै बजार खुलाउने भन्दै स्थानियहरुलाई बजार खोल्न सार्वजनिक रुपमा आग्रह समेत गरेका थिए ।

सडकमा नाराबाजी तथा टायर बालेर बिरोध गर्ने दुईजनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । निषेधाज्ञाको उलंघन गर्न सार्वजनिक रुपमा अपिल गर्ने उक्त समुहका मुख्य नाईके अर्जुन कुर्मि सहित दुईजनालाई पक्राउ गरिएको रुपन्देही प्रहरी प्रमुख मनोज केसीले जानकारी दिनुभयो । पक्राउ परेका दुई जनालाई संक्रामक रोग ऐन २०२० अनुसार एक महिना जेल हुने बताईएको छ ।

रुपन्देहीमा आगामी जेठ ३१ गते सम्म निषेधाज्ञा छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…