Logo जेठ ३०, २०७८ आइतबार


कोरोनाका बिरामीकाे उपचारका साथै शल्यक्रिया गर्दै पर्वत अस्पताल

राजन पौडेल
पर्वत । देशदेखि प्रदेशसम्म यतिबेला कोरोनाले आक्रान्त पारिरहेको छ । विश्वमा लाखौँ र हाम्रो देश नेपालमा हजारौँको मृत्यु भैसकेको छ । विभिन्न क्षेत्रमा यसले नराम्रो असर पुर्याएको छ । विभिन्न संघ सस्था कार्यालयहरु बन्द भएपनि मानिसको उपचार हुने सानादेखि ठूला अस्पतालहरुमा कोरोनाका बिरामीहरुले अस्पतालका बेडहरु खचाखच भरिएका छन् ।

अस्पतालमा कोरोनाका बिरामीको मात्र होइन अन्य बिरामीको पनि उपचार भएको छ ।

पर्वत अस्पतालमा जेठको मध्यसम्ममा १३५ जना बिरामीको विभिन्न सफल शल्यक्रिया गरिएको छ । सेवा, सुविधा, साधन र स्रोतको वृद्धि भएपछि कोरोनाको महामारी चलिरहेकै अवधिमा पनि विभिन्न शल्यक्रियाहरु भएका हुन् ।

अस्पतालका सूचना अधिकारी लक्ष्मण उपाध्यायका अनुसार कोरोनाको दोस्रो महामारी सुरु भएपछिको डेढ महिना अवधिमा १३ जना गर्भवतीको जटिल खालको सफल शल्यक्रिया गरिएको छ । गत साउनदेखि जेठ २० गतेसम्म कुल ६६ वटा जटिल प्रकृतिको सुत्केरीको शल्यक्रिया गरिएको छ भने हर्नियाको १० वटा, हाइड्रोशीलका दुई वटा र एउटा एपेन्डीसाइटीसको शल्यक्रिया गरिएको छ । सोही अवधिमा ५६ वटा माइनर शल्यक्रियाहरू गरिएका छन् ।

गत वर्ष पनि कोरोनाको महामारी कायमै रहेको बेलामा शल्यक्रिया सेवा पनि सञ्चालन भएका थिए । अहिले दोस्रो लहर चलिरहेको बेलामा पनि बिरामीलाई सेवा दिनको लागि स्वास्थ्यकर्मीहरु तत्पर रहेको जिल्ला अस्पताल पर्वतले जनाएको छ ।

चिकित्सक तथा स्वास्थ्यकर्मीहरू इमानदारीपूर्वक सेवामा लागिरहेका कारण यो सम्भव भएको हो भने जोखिमको माझमा पनि बिरामीलाई सेवा दिनु स्वास्थ्यकर्मीको कर्तव्य रहेको अस्पतालका सूचना अधिकारी उपाध्यायले बताउनुभयो ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले पर्वतवासीहरू सामान्य शल्यक्रियाका लागि पोखरा जान बाध्य हुँदै आएकोमा पछिल्ला वर्षमा भने त्यो बाध्यता हट्दै गएको जानाकारी दिनुभयो । अस्पतालको स्तरोन्नति गर्दै सेवा सुविधा पनि थप भएपछि एमडिजिपी चिकित्सक सहितको टोलीबाट शल्यक्रियाका कामहरू भइरहेको पहाडीको भनाइ छ ।

पोखराका विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राप्त गर्न सकिने स्वास्थ्य सुविधाहरुको व्यवस्थापन पछिल्लो समय पर्वत अस्पतालमा नै गरिएको छ । जेठको २२ गतेसम्म कोरोनाबाट पर्वतमा ४५ जनाको मृत्यु भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

अन्न कृषिमा आम्दानी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दानी मिल्नेछ ।