Logo जेठ ३०, २०७८ आइतबार


प्रदेश २ को जसपा संसदीय दलको नेतामा मुख्यमन्त्री राउत चयन

धनुषा । जनता समाजवादी पार्टी (जसपा) ले प्रदेश नम्बर २ को संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउतलाई चयन गरेको छ ।

तत्कालिन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरणपश्चात पहिलोपटक दलको नेता चयन गरेको हो ।

बहुमत सांसदहरुको हस्ताक्षरसहित अध्यक्ष उपेन्द्र यादव पक्षका मुख्यमन्त्री राउतलाई जसपाको प्रदेश २ संसदीय दलको नेतामा चयन गरिएको हो । संसदीय दलमा चयनसँगै आइतबार नै प्रदेशसभा सचिवालयमा पत्रसहित जानकारी गराइने भएको छ ।

जसपाका केन्द्रिय अध्यक्ष महन्थ ठाकुर र प्रधानमन्त्री केपी शर्मा ओलीबीच सहमतिपछि बरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सहभागी भएसँगै प्रदेश २ मा मुख्यमन्त्री राउत जसपाको संसदीय दलको नेतामा चयन गरिएको हो ।

अध्यक्ष यादवको उपस्थितिमा जनकपुरधाममा चलिरहेको बैठकबाट जसपाको संसदीय दलको विधान पारित गर्नुका साथै संसदीय दलको नेतासमेत चयन गरिएको छ ।

बैठकमा पार्टी सरकार बचाउने क्रममा अल्पमतमा पर्ने अवस्था आएमा मन्त्रालयहरूलाई फुटाएर मन्त्रालयको संख्या समेत विस्तार गर्नेबारे पनि छलफल गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…