Logo जेठ ३०, २०७८ आइतबार


‘समृद्ध नेपाल सुखी नेपालीको आकांक्षालाई सफल पार्छाैं’

काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शरतसिंह भण्डारीले सरकारले लिएको समृद्ध नेपाल सुखी नेपालीको आकांक्षालाई सफल पार्न आफ्नो ध्यान जाने बताउनुभएको छ ।

आइतबार मन्त्रालयमा आफ्नो कार्यभार सम्हाल्दै मत्री भण्डारीले आफूहरुले उठाएको माग र मुद्दालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेकाले आफूहरु सरकारमा सहभागि भएको उल्लेख गर्दै उहाँले प्रधानमन्त्री ओलीले लिनुभएको समृद्ध नेपाल सुखी नेपालीलाई सफल पार्नको निम्ति आफ्नो ध्यान जाने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘जसपा र नेकपा (एमाले)को सहकार्यमा बनेको छ सरकार । हामी सहकार्य गर्न आएका छौँ । हामीले मुख्य माग र मुद्दाको सम्बोधन जसले गर्दछ त्यसलाई हामी मित्र शक्ति मान्छौं र त्यसैको आधारमा सहकार्य गर्छौ भनेर आज ओली नेतृत्वको सरकारले हाम्रो माग, मुद्दालाइ सम्बोधन गरेर अगाडी बढेको र हामीलाई सहकार्य गर्न बाटो खुलेको छ र आज हामी सहकार्य गर्न आएका छौँ ।’

उहाँले ऊर्जा मन्त्रालय मुलुकको आर्थिक क्रान्तिको मेरुदण्ड भएकाले मन्त्रालयका काम कारबाहीलाई चुस्त र प्रभावकारी हिसाबले अगाडी बढाउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

अन्न कृषिमा आम्दानी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दानी मिल्नेछ ।