Logo जेठ ३०, २०७८ आइतबार


बारुदी सुरुङ बिस्फोटमा ११ जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानको उत्तरपश्चिममा एउटा यात्रुबाहक मिनिभ्यानमा सडक किनारामा राखिएको बारुदी सुरुङमा परेर बिस्फोट हुँदा भ्यानमा सवार कम्तीमा ११ जना यात्रुको ज्यान गएको छ ।

अधिकारीहरुका अनुसार शनिबार भएको उक्त घटनामा मारिनेहरुमा तीन जना बालबालिका समेत रहेका छन् ।

निकै शक्तिशाली बिस्फोटका कारण उक्त मिनिभ्यान सडकबाट खोंचमा झरेको बडघिस प्रान्तीय गभर्नर हेसामुद्दीन शाम्सले बताउनुभयो । उहाँले उद्वार कर्ताहरु घटनास्थलमा पुगेको जानकारी दिनुभयो ।

बिस्फोटको कसैले पनि जिम्मेवारी लिइसकेका छैनन् तर प्रान्तीय सरकारले तालिबान समूहले सुरक्षा फौजलाई लक्षित गरी बारुदी सुरुङ बिछ्याएको आरोप लगाएको छ ।

तालिबान समूहले भने उक्त घटनाका बारेमा तत्काल कुनै प्रतिक्रिया जनाएको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ ।

काठमाडाैं । काेरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् ।  सरकारले चीनबाट ल्याएको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…