Logo असार १, २०७८ मंगलबार


यौन दुर्व्यवहारमा परेकी राउटे समुदायका दुई युवतीको ज्यानकै खतरा

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले यौन दुर्व्यवहारमा परेका राउटे समुदायका दुई युवतीको भौतिक सुरक्षा दिन माग गरेको छ।

आयोगले पीडित दुई युवतीलाई समुदायले अस्वीकार गर्न सक्ने भन्दै भौतिक सुरक्षा गर्न माग गरेको हो।

सुर्खेतको गुर्भाकोट नगरपालिका–९ का तीन युवाले राउटे समुदायका दुई युवतीहरूलाई प्रलोभनमा पारेर होटलमा लगेर यौन दुर्व्यवहार गरेका थिए। सो भिडिओ बाहिरिएपछि प्रहरीले तीन जना युवालाई पक्राउ गरेको हो।

आयोगले यसरी राउटे समुदायका दुई युवतीलाई यौनजन्य कार्य गर्न बाध्य बनाएको हुँदा उनीहरूलाई समुदायले नै अस्वीकार गर्ने सम्भावना देखिएको र ज्यान नै जोखिममा पर्ने बताएको छ।

राउटे समुदायले यसअघि पनि ती दुई युवतीहरूलाई चार महिना नजरबन्द जसरी बन्दी बनाएर राखेको जानकारी आएको आयोगले जनाएको छ ।

आयोगले ती युवतीको गोपनीयताको संरक्षण, स्वास्थ्य परिक्षण गर्न र भौतिक सुरक्षा गरी जीवनको अधिकार संरक्षणमा तत्काल आवश्यक पहल गर्न आग्रह गरेको हो।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा सुर्खेतको गुर्भाकोट नगरपालिका–९ बोटे चौरका ३५ वर्षीय चमनसिंह घर्ती, २४ वर्षका भूपेन्द्र बुढा र २९ वर्षका मिलन पुनलाई आइतबार बिहान ३ बजे पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…