Logo असार १, २०७८ मंगलबार


युरोकपको एक साता अघि स्पेनका कप्तान सर्जिओलाई कोरोना संक्रमण

काठमाडौं । स्पेन राष्ट्रिय फुटबल टिमका कप्तान सर्जिओ बुस्क्वेट्स कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

युरोकपको मुखमै आएर कप्तानमा संक्रमण देखिएको हो ।

युरोकप २०२० अन्तर्गतको आफ्नो पहिलो खेलको ८ दिन पहिले कप्तानमा संक्रमण देखिएपछि मंगलबार हुने तय भएको लिथुवानियासँगको अभ्यास खेलबाट स्पेन बाहिरिएको छ ।

टिमका अरु खेलाडीको रिपोर्ट भने नेगेटिभ आएको समाचारमा जनाइएको छ । ३२ वर्षे कप्तानमा संक्रमण देखिएपछि उनको सम्पर्कमा आएकाहरु पनि आइसोलेशनमा बस्ने छन् ।

लिथुवानियासँगको मैत्रीपूर्ण खेलमा अब स्पेनको २१ वर्ष मुनिको टिमले प्रतिस्पर्धा गर्ने छ । युरोकपका समूह ई मा रहेको स्पेनले पहिलो खेलमा जुन १४ मा स्वीडेनसँग प्रतिस्पर्धा गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । देशभरी मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मौसमको अवस्था हाल देशभर…

प्रवक्ता कुँवरले स्थानीय तह र प्रदेश सरकारबाट प्राप्त भएका विपत प्रतिकार्यका लागि आवश्यक पर्ने औजारहरुलाई व्यवस्थापन गर्न नेपाल प्रहरी लागिरहेको…

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…