Logo जेठ ३०, २०७८ आइतबार


यस वर्षको उद्यमशील विश्वकपमा नेपाल सहभागी हुन पाउने

काठमाडौं । उद्यमशील विश्वकपमा नेपाल पनि सहभागी हुन पाउने फाइनल जित्नेले १ लाख अमेरिकी डलर पाउने

उद्यमशील विश्वकपमा नेपालले पनि सहभागी हुन पाउने भएको छ ।

इन्टरप्रेनरसिप वर्ल्डकप अर्थात् इडब्लुसीमा नेपालले पहिलोपटक सहभागी हुन पाउने भएको हो ।

सन् २०२१ को यो उद्यमशील प्रतियोगितामा २ सयभन्दा बढी देशबाट १ लाख ७५ हजारभन्दा बढी प्रतियोगीले भाग लिने अपेक्षा गरिएको छ । नेपालका लागि आधिकारिक राष्ट्रिय आयोजक नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) रहेको छ । कार्यक्रमका विजेताले १ लाख युएस डलर राशिको नगद पुरस्कार पाउनेछन् । साथै, थप ७ लाख ५० हजार युएस डलरबराबरको अन्य प्रकारको सहयोग र थप लगानी गर्ने अवसर समेत उपलब्ध गराउने नेपाली युवा उद्यमी मञ्चको भनाइ छ ।

यो प्रतियोगिता नेपालमा भने पहिलोपटक आयोजना हुन लागेको हो । नेपाली युवा उद्यमी मञ्चले आधिकारिक राष्ट्रिय आयोजकका रूपमा नेपालभित्र र बाहिर रहेका उद्यमीहरूलाई यस प्रतियोगितामा भाग लिन सहयोग पुर्‍याउने जनाएको छ ।

राष्ट्रियस्तरका अन्तिम प्रतियोगिताहरू सन् २०२१ को जुलाई महिनामा आयोजना गरिने जनाइएको छ । छानिएका १ सय प्रतियोगीले २०२१ को नोभेम्बरमा साउदी अरेबियाको रियादमा हुने शिविरमा रही इडब्लुसीसम्बन्धी विशेष कार्यक्रममा सहभागी हुने तथा अन्त्यमा इडब्लुसीको फाइनलमा भाग लिने आयोजकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

अन्न कृषिमा आम्दानी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दानी मिल्नेछ ।