Logo जेठ ३०, २०७८ आइतबार


समस्यामा परेका कलाकारलाई लाेकदाेहाेरी प्रतिष्ठानकाे सहयाेग

अनु खनाल
काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रीय कार्यलय काठमाडौंले विभिन्न जिल्लाका कलाकारलाई राहत वितरण गरेको छ ।

काेराेना महामारीका कारण मनाेरञ्जनका लागि बनाइने चलचित्र, म्युजिक भिडियाेलगायतका अभिनयका क्रियाकलाहरू बन्द रहेकाले याे समयमा कलाकारकाे जीवन यापनमा सहज हाेस् भनेर प्रतिष्ठानले राहत वितरण गरेकाे हाे ।

प्रतिष्ठानले कलाकारका  दाल, चामल, चिनी, तेल, नुनका साथै स्वास्थ्य सामग्री पनि वितरण गरेकाे छ । जीवनयापनका लागि समस्यामा परेका ८ सयभन्दा बढी कलाकारलाई राहत वितरण गरिएकाे राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रमेश बिसीले जानकारी दिनुभयो ।

‘कोरोना महामारी शुरू भएसँगै कलाकारहरुले स्टेजमा गएर आफ्नो प्रस्तुति देखाउन नपाएको कुरा सबैलाई जानकारी छ । ‘रोगबाट आफू जोगिनुस् र भोकबाट हामी जोगाउछौं’ भन्ने मूल नाराका साथ समितिमा छलफल गरी राहत हस्तान्तरण गरिरहेका छाैं’, बिसीले भन्नुभयाे, ‘पाँच सयभन्दा बढी साथीहरु सम्पर्कमा आइसक्नु भएको छ, थप काेही समस्यामा पर्नुभएकाहरूले सम्पर्क गर्नुभएमा हामी सकेकाे सहयाेग गर्छाैं ।’

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

अन्न कृषिमा आम्दानी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दानी मिल्नेछ ।