Logo जेठ ३०, २०७८ आइतबार


जंगली च्याउ खाँदा चारजना बिरामी

इलाम । इलाममा जंगली च्याउ खाँदा चारजना बिरामी भएका छन् । सन्दकपुर गाउँपालिका–१ खोलाघारीका जितबहादुर राई र टिकाबहादुर राई, इलाम नगरपालिका–३ पुवामझुवाका वीरमान राई र उनकी श्रीमती विष्णुकुमारी बिरामी भएका हुन् ।

जितबहादुर र टिकाबहादुरले शनिबार जंगलबाट खोजेर ल्याएको च्याउँ वीरमानको घरमा पकाएर खाएका र जंगली च्याउ खाएर बिरामी भएका उनीहरुलाई उपचारका लागि इलाम अस्पताल लगिएको भए पनि उपचार नभए पछि थप उपचारको लागि झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

चारजनामध्ये जितबहादुर र टीकाबहादुरको अवस्था गम्भीर रहेकाले उनीहरुको भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पताल श्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…