Logo जेठ ३०, २०७८ आइतबार


बारीमै कुहियो खरबुजा, कृषकको लगानी बालुवामा पानी

झापा । झापाका विभिन्न स्थानमा व्यवसायिक रुपमा गरिदै आएको खरबुजा खेतीको लगानी यो वर्ष पनि वालुवामा पानी सरह भएको छ ।

कोभिड १९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले पटक पटक निषेधाज्ञा जारी गरेपछि यातायात र बजार ठप्प हुदाँ कृषकले आफ्ना उत्पादनलाई बजार सम्म पुर्याउन नसक्दा खेतीमा गरेको लगानी बालुवामा पानी सरह भएको हो ।

मेचिनगर–७ सतिघट्टाका कृषक दीपक खत्रीले लाखौं रुपैयाँको लगानी बालुवामा पानी सरह भएको बताउजनु भयो । खरबुजाको अग्र्यानिक खेती गरिरहनु भएका कृषक खत्रीले सरकारले आफ्ना उत्पादनलाई सहजरुपमा बजारसम्म पुग्ने वातावरण मिलाईदिनुपर्ने वा सरकारले स्वयम् खरिद गरिदिनु पर्ने विकल्प अघि सार्नुभएको छ । एकवर्षअघिदेखि दुई विगाह जग्गामा व्यवसायिक खरबुजाको खेती गदैं आउनुभएका खत्रीले गतवर्ष पनि कोभिड १९ का कारण नराम्ररी आर्थिक क्षति व्यहोर्नु परेको बताउनु भयो । कोभिड १९ का कारण सरकारले निषेधाज्ञा गरेका कारण कृषकहरुले लाखौं रुपैयाँको क्षति व्यहोर्नु परेको छ ।


गतवर्षको क्षतिलाई पूर्ति गर्न यो साल पनि खरबुजा खेतीलाई निरन्तरता दिएको भए पनि हालत उहि पहिलेकै दोहोरिएका कारण आँफुलाई लाखौंको क्षति भएको खत्रीको भनाई छ । चारलाख रुपैयाँ खर्च गरेर दुई विगाह जग्गामा उहाँले खरबुजाको खेती शुरु गर्नुभएको थियो । तर, उत्पादन दिएर बजार पुर्याउने बखत कोभिड १९ का कारण जारी निषेधाज्ञले सवै उत्पादन बारीमै कुहिएर खेर गएका कारण पुर्पुरोमा हात लगाएर बस्नु बाहेक कुनै विकल्प नभएको उहाँको दुःखेसो छ । केही हुन्छ कि भनेर व्यवसायिक खेती शुरु गरेको बताउँदै उहाँले दुईवर्षमा खरबुजा खेतीबाट भएको नोक्सान पूर्ति गर्न एक विगाह जग्गा बेच्नु परेको पीडा सुनाउनुभयो ।

अहिले आफ्ना खेतमा उत्पादन भएका खरबुजा लकडाउनका कारण समयमै बजार पुर्याउन नसक्दा खेतबारीमै कुहिर र सडेर गएका कारण चारलाख रुपैयाँ बढी क्षति व्यहोर्नु परेको उहाँको भनाई छ । विशेष गरेर प्रदेश नम्बर १ को धरान, विराटनगर तथा संघिय राजधानी काठमाण्डौं र गण्डकी प्रदेशको पोखरालगायत अन्य बजारलाई लक्षित गरेर यहाँका किसानले अग्र्यानिकरुपमा व्यवसायिक ढंगले खरबुजा खेती गरेको भएपनि अहिले लकडाउनका कारण समयमै ती उत्पादन बजारसम्म पुर्याउन नसक्दा किसानले आर्थिकरुपमा ठूलो क्षति व्यहोर्नु परेको छ । स्थानीय बजारले मात्र यसको उत्पादन धान्न नसक्ने र बजारमा प्रश्स्त माग हुँदासम्म पुर्याउन नसकेकै कारण लगानी खेर जाने अवस्थामा पुगेको भन्दैं किसानहरुउत्पादन पनि राम्रोसँग दिए पनि उचितरुपमा बजारीकरण गर्न नसक्दा समस्यामा परेको बताउछन् । चर्काे व्याजका दरले ऋण लिएर शुरु गरेको खरबुजा बजारसम्म पुर्याउन सक्दा बारीमै नष्ट हुन थालेपछि साहुको ऋण कसरी तिर्ने भन्ने समस्या सिर्जना भएको सिानहरुको भनाई छ । खरबुजाको बजारमा माग भएपनि बजारसम्म पुर्याउन नसक्दा किसानले आर्थिकरुपमा ठूलो नोक्शान व्यहोर्नु परेको खत्री जस्तै दर्जर्नां किसानहरुको भनाई छ ।


गतवर्ष जसोतसो केही ट्रक खरबुजा काठमाण्डौ पुर्याउन सफल भएपनि यस पटक भने किसानले खरबुजा स्थानीय बजार सम्म पराउन नसकेको दुखेसो गरेका छन् । स्थानीय बजारले झापाको उत्पादन खपत धान्न सक्ने अवस्था छैन् तर पनि बजार केही खुलेको भए आफुहरुलाई केही राहत हसुने किसानहरुको भनाई छ । खरबुजाले राम्रै उत्पादन दिएको भएपनि समयमै बजारसम्म पुर्याउन नसक्दा लाखौ रुपैयाँ डुब्ने र चर्काे व्याजदरमा ऋण कडेर गरेको खेती डुब्दा घरबारी नै लिलामी हुने अवस्था शतप्रतिशत रहेको भन्दैं किसानका यी सामुहिक समस्यामा नेपालका तीनै तहका सरकार गम्भीर भएर समाधानतर्फ लाग्न जरुरी देखिने स्थानीय समाजसेवी हरिकृष्ण केसीको भनाई छ ।

नेपाललाई कृषि प्रधान देश भनिए पनि हरेक वर्ष हरियो सागसब्जीदेखि फलफूल र खाद्यन्न समेतमा परनिर्भर बन्नु परेको छ । नेपालम व्यावसायिकरुपमा कृषि कर्ममा लागेका यस्ता किसानहरुको समस्या बुझेर समयमै समाधानतर्फ लाग्ने हो भने कृषितर्फ उनीहरुको आर्कषण बढ्न सक्छ । यसकारण नेपाललाई साच्चै कृषि प्रधान देश भन्ने हो भन्न र व्यवहारमा समेत देखाउने हो भने तत्काल सरकार र सम्बन्धित निकाय आजै हरेक किसानका खेत—खेतमा पुग्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…