Logo असार १, २०७८ मंगलबार


नेपाली राजदूत पराजुली र ओमानका प्रथम महिला बुसइदीबीच शिष्टाचार भेट

ओमान । ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले ओमानी राजपरिवार सदस्य प्रथम महिला अस्सयीदा अह्द अबदुल्लाह ह्मद अल बुसइदीसँग बर्कास्थित राजदरबारमा शिष्टाचार भेटघाट गर्नुभएको छ ।

भेटका अवसरमा नेपाल–ओमानबीच सौहार्दपूर्ण द्विपक्षीय कूटनीतिक सम्बन्ध लगायत आपसी हितका विविध विषयमा छलफल भएको मस्कटस्थित नेपाली राजदूतावासले जनाएको छ ।

राजदुत पराजुली ढकालले नेपालका लागि ओमानले गर्दै आएको सकारात्मक सदभाव र सहयोगप्रति नेपालकोतर्फबाट आभार समेत व्यक्त गर्नुभएको थियो ।

राजपरिवारका सदस्य प्रथम महिला अस्सयीता अह्द अब दुल्लाह ह्मद अल बुसइदिले नेपाल र नेपाली जनताको स्वास्थ्यका बारेमा चासो व्यक्त गर्नुभएको थियो ।

राजपरिवारकी सदस्य प्रथम महिलाले राजदरबारमै स्वागत गरि नेपाली राजदुत शर्मिला पराजुली ढकालसँग गरेको भेटको समाचारलाई ओमानका प्रमुख सञ्चार माध्यमले समेत निकै महत्व दिएर प्रकाशन एवं प्रसारण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…