Logo जेठ ३०, २०७८ आइतबार


रुकुम पश्चिममा रहेको बुरालमष्ट मन्दिरमा चोरी

रुकुम पश्चिम । रुकुम पश्चिममा रहेको बुरालमष्ट मन्दिरमा चोरी भएको छ । बाँफिकोट गाउँपालिका ५ मा रहेको मन्दिरमा आइतवार राती नगद, सुनचाँदी, स्वदेशी तथा विदेशी सिक्का चोरी भएको हो ।
बुढुमष्ट क्षेत्र विकास कोष बाँफीकोटका अध्यक्ष ध्रुवराज केसीका अनुसार मन्दिरको उत्तरतर्फ रहेको फलामे ढोकाको ग्रिलको कब्जा तोडेर भित्र पसी नगद, सुनचाँदी चोरी भएको छ । नियमित साँझ र बिहान धूपबत्ती पाठपूजा हुने मन्दिरमा बिहान धूपबत्ती गर्न आउने पुजारीले चोरी भएको थाहा पाएर खबर गरे पछि मात्रै आपँफुले थाहा पाएको उहाँले बताउनु भयो । मन्दिरमा रहेको काठको दराज फोडेर नगद तीन लाख पाँच सय चालीस रुपैयाँ, दुई तोला सुन, चार तोला चाँदी, एक पाथी रु. १, २ र ५ का झन्डै पाँच हजार रुपैयाँ बराबरका नेपाली सिक्का, विभिन्न देशका ६५ थान विदेशी मुद्रा चोरी भएको उहाँको भनाई छ ।
सोमवार स्थानीय जनप्रतिनिधि तथा इलाका प्रहरी कार्यालय बाँफीकोटको टोली मन्दिर पुगेर चोरी कार्यको छानबिन सुरु गरेको जिल्ला प्रहरी जनाएको छ । चोरी कार्यमा संलग्न व्यक्ति फरार भएको र खोजी भइरहेको बताईएकोे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

अन्न कृषिमा आम्दानी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दानी मिल्नेछ ।