Logo जेठ ३०, २०७८ आइतबार


सत्ता साझेदारीका लागि कांग्रेसले खोज्यो बराबरी हिस्सा

जनकपुर । प्रदेश २ सरकारमा सत्ता साझेदारीका लागि नेपाली कांग्रेसले बराबरीको हिस्साको माग गरेको छ । सरकारमा सहभागीका लागि कांग्रेसले कुल मन्त्रालयको आधा मन्त्रालय दिनुपर्ने प्रस्ताव अघि सारेको हो ।

सत्ता साझेदारी सम्बन्धमा वार्ताको लागि सरकारले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह, समाजिक विकासमन्त्री नवलकिशोर साह, उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रामनरेश राय सम्मिलित तीन सदस्यीय वार्ता टोली गठन गरेको छ । कांग्रेसको तर्फबाट सचेतक कुशवाह, प्रदेश सांसद शिवचन्द्र चौधरी र वीरेन्द्र सिंहबीच आज बिहान भएको पहिलो चरणको वार्तामा कांग्रेसले ५० प्रतिशतको भाग खोजेको बताइएको छ ।

सरकारमा सहभागी हुने विषयमा जसपाका मन्त्रीहरूसँग पहिलो चरणको छलफल भएको नेपाली कांग्रेस प्रदेश २ का सचेतक उपेन्द्र कुशवाहाले बताउनु भयो । उहाँले पहिलो चरणको छलफलमा मन्त्रालय टुक्रयाएर सत्ता साझेदारीका लागि मन्त्रालय बाँडफाँटका सन्दर्भमा छलफल भएको जानकारी दिनु भयो । शक्ति सन्तुलनको हिसाबमा तत्कालीन राजपा र समाजवादीबीच गठबन्धन भएजस्तै मोडेलमा कांग्रेस जान खोजेको छ ।

त्यस्तै प्रदेश नं. २ मा नोकपा (माओवादीकेन्द्र) लाई पनि एक मन्त्री र एक राज्यमन्त्री दिने बताइएको छ । त्यसबारे टुंगो लागिसकेको भने छैन। प्रदेश नं. २ मा प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याउनुअघि नै मन्त्रिमण्डल पुनर्गठनको तयारी छ । मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारमा सहभागि महन्थ ठाकुर पक्षका ४ जना मन्त्रीलाई आइतबार राति जसपा अध्यक्ष उपेन्द्र यादव समूहले बर्खास्त गरे पछि सरकारमा कांग्रेस र माओवादीकेन्द्रलाई सहभागी गराउन छलफल थलिएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

अन्न कृषिमा आम्दानी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दानी मिल्नेछ ।