Logo असार १, २०७८ मंगलबार


‘युद्धमा दुवै हात र आँखाको ज्योति गुमाएँ, घर फर्किदा एकचालीस हजार थमाए’

काठमाडौं । जन्मेको उमेर गन्ती गर्दा–मात्र ३२ वर्षमा लागे अमर राई । उनको परिचय भन्नुपर्दा स्थायी घर सोलुखुम्बु, हाल काठमाडौं बौद्ध । तर यतिले मात्र उनको परिचय पूर्ण हुँदैन । किनभने उनी त १० वर्षे सशस्त्र युद्धकालका जुझारु लडाकू र योद्धा समेत थिए । परिवर्तनका लागि जनसेनामा भर्ती भएका राईले त्यसैका लागि बन्दुक बोके,राइफल भिरे,बारुद र बमसँग अभ्यस्त बने ।

उनीहरुले त्यतिखेर चाहेका राजनीतिक र सामाजिक परिवर्तन भए कि भएनन्, त्यो जगजाहेर छ । तर परिवर्तनको त्यो चाहना पछ्याउदै हिडेका पूर्व माओवादी लडाकु अमर राईको जिन्दगीमा भने नसोचेको र कल्पनाबाहिरको परिवर्तन भयोे । सपाङ्ग उनको जीवन अपाङ्ग भैदियो । उनले गरिखाने दुई हात मात्र गुमाएनन्, संसार हेर्ने आँखाको ज्योति समेत गुमाए । र, दश वर्षे जनयुद्धमा उनले गरेको योगदानको मूल्य स्वरुप अपाङ्गता भएर घर फर्किदा उनको हातमा पार्टीले थमाइदियो रु एकचालीस हजार ।

“ परिवर्तनको नाममा दुईटा हात सँगै आँखाको ज्योति गुमाएँ, घर फर्किंदा खल्तीमा जम्मा एकचालीस हजार थमाई दिए–मेरो दुई हात र आँखाको बदलामा…..! रुटिन अफ नेपाल बन्द र गस्सिप क्वीन नेपालले शनिवार,काठमाडौं चक्रपथको चप्पल कारखानामा बाँडेको राहत लिन बौद्धबाट हिडेरै आइपुगेका राईले भने,’अहिले सम्झिदा असाध्य चित्त दुख्छ ।’

हाल बौद्धमा छ उनको बसाइँ । उनी एक्ला मात्र छैनन् । ११ महिनाकी छोरी र बिरामी श्रीमती पनि उनीसँगै छन् । सामान्य अवस्था हुँदो हो त मागेरै पनि एक छाक जोहो गर्न सकिन्थ्यो होला तर अहिले जताततै महामारीको डर छ । त्यही डरले सबथोक बन्द छ । कतिखेर एकमुठी सास पनि बन्द हुन्छ भन्ने त्रास छ । तर सास भइञ्जेल बाँच्नुपर्छ । बाँच्नका लागि कमाउनुपर्छ । कमाउन काम गर्नुपर्छ, त्यसका लागि हात चाहिन्छ । तर अफसोच ! अमरसँग त्यही दुवै हात छैनन् । हेर्नलाई आँखामा ज्योति छैन । आफ्नो यस्तो अवस्था हुनुलाई उनले नियति ठानेर चित्त बुझाएका छन् । तर परिवर्तनका ठूला ठूला सपना र आश्वासन बाँडेर आफूहरुले लडेको लडाइँले देशमा ठूलो परिवर्तन त भए तर त्यो परिवर्तन उनी जस्ताका लागि भैदिएनन् । उनी अर्थात सोझा,सीधा र निम्न नेपाली जनता ।

राई भन्छन्, “ मेरो आज जुन अवस्था भयो यो सबै परिवर्तनको नाममा भएको जनयुद्धले दिएको उपहार हो । जनयुद्धले केहि कुराहरू पक्कै परिवर्तन भएका छन्–त्यसमा नेताहरूको जीवनशैली अनि मेरो शारीरिक हालत पनि पर्छ । नेताहरूको राजनीतिक क्यारियर त राम्रै बन्यो । उनीहरुको आर्थिक हैसियत पनि सुध्रिए, तर यो हालतको शरीर बोकेर मैले अझै आधा जीवन बाँच्नु नै छ ।“

उनको मसिनो आवाजमा भोक,रोग र शोकको प्रतिविम्ब त थियो नै, तर त्यसमा आक्रोश पनि थियो ।

तस्बिर : मेजन राई

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । देशभरी मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मौसमको अवस्था हाल देशभर…

प्रवक्ता कुँवरले स्थानीय तह र प्रदेश सरकारबाट प्राप्त भएका विपत प्रतिकार्यका लागि आवश्यक पर्ने औजारहरुलाई व्यवस्थापन गर्न नेपाल प्रहरी लागिरहेको…

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…