Logo जेठ ३०, २०७८ आइतबार


राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र मंगलबारबाट बिक्री खुला हुने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ८.५५ आरबीबीएल डिबेन्चर २०८३ नामको ऋणपत्र जेठ २५ गते मंगलबारबाट बिक्री खुला हुने भएको छ । बैंकले ६ वर्ष अवधि भएको वार्षिक ८.५० प्रतिशत ब्याजदर भएको कुल २ अर्ब ५० करोड रुपैयाँ (२५ लाख कित्ता) मूल्य बराबरको ऋणपत्र बिक्री गर्न लागेको हो ।

ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिने प्रेस विज्ञप्तिमार्फत बैंकले जानकारी दिएकाे छ ।

८.५५ आरबीबीएल डिबेन्चर २०८३ नामको प्रतिकित्ता १ हजार दरका कुल २५ लाख कित्ता ऋणपत्र मध्ये ६० प्रतिशत अर्थात १५ लाख कित्ता व्यक्तिगत तवरबाट संगठित संस्थाहरुलाई बिक्री गरिने र सोका लागि ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक ‘एनआईबीएल एस क्यापिटल लिमिटेड’ र निष्काशन कर्ता कम्पनी ‘राष्ट्रिय वाणिज्य बैंक लिमिटेड’को आपसी सहमतिमा बिक्री वितरण गरिने छ ।

साथै, सर्वसाधारणका लागि छुट्याइएको ४० प्रतिशत अर्थात १० लाख कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्काशनबाट ऋणपत्र बिक्री गरिने पनि बैंकले जनाएको छ । छिटोमा जेठ २८ गते र ढिलोमा असार ८ गतेसम्म बिक्रीमा रहने यस ऋणपत्र खरिदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्तासम्म आवेदन दिन सकिने विज्ञप्तिमा जनाइएकाे छ ।

ऋणपत्र खरिदका लागि राष्ट्रिय वाणिज्य बैंकका शाखा कार्यालयहरु, सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरु मार्फत आवेदन दिन सकिनेछ । साथै मेरो सेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

अन्न कृषिमा आम्दानी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दानी मिल्नेछ ।