Logo जेठ ३०, २०७८ आइतबार


नेपाल घरेलु तथा साना उद्योग महासंघ ३२ औं वर्षमा प्रवेश

काठमाडौं । नेपालमा औद्योगिक पूर्वाधारको मुख्य आधार लघु, घरेलु तथा साना उद्योग भएको सरोकारवालाहरुले जोड दिएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघको ३२ औं स्थापना दिवशका अवसरमा सोमबार वेबिनारमार्फत गरिएको कार्यक्रममा बोल्दै उनीहरुले लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्घनबाट मात्रै अर्थतन्त्र मजबुत र समृद्घ बन्ने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेल सरकारले अर्थतन्त्रको निर्माण र सञ्चालनमा निजी क्षेत्रको सहकार्य सँगसँगै जाने नीति भएको भन्दै लघु, साना तथा घरेलु उद्योगहरुको विकास, प्रवद्र्घन, सम्वर्द्धनका सन्दर्भमा यसले लिने नीति र कार्यक्रमका सन्दर्भमा विविध आयामका सन्दर्भमा महासंघका पदाधिकारीहरुको सल्लाह सुझावबाट सरकार अहिलेसम्म अगाडि आएको बताउनुभयो ।

आगामी दिनमा पनि उद्योगी व्यवसायीहरुका महत्वपूर्ण सुझावहरुलाई महत्वका साथ लिने भन्दै उहाँले साना उद्योगको सन्दर्भमा सरकारले ल्याएको बजेटमा पनि महासंघकै सुझावका आधारमा धेरै विषय ल्याएको बताउनुभयो । मुलुकको साधन स्रोतको अवस्थालाई हेरेर साना उद्योगका धेरै विषयलाई समेटेर लैजाने प्रयास गरेको भन्दै उहाँले भन्नुभयो र्– आगामी दिनमा पनि यस्तो प्र्रयास रहिरहने छ ।’

गत वर्षदेखि कोभिड महामारी शुरु भएयता यस्ता उद्योगको महत्व झनै बढेको भन्दै सचिव पोखरेलले भन्नुभयो, ‘घरेलु उद्योग भनेको स्थानीय कच्चा पदार्थ र प्रविधिमा आधारीत भएको, हामीले आफैले सञ्चालन गर्न सकिने र लगभग बजार पनि हाम्रो आफ्नै भएको हुँदा यसको दीगोपना छ भन्ने बुझेका छौं ।’

साना उद्योगसँग सरकार सँगसँगै हिंड्ने, सरकारको तर्फबाट असल प्रयास भइरहने प्रतिवद्धता व्यक्त गर्दै उहाँले भन्नुभयो, ‘जुनसुकै उद्योगहरुलाई निश्चित पूर्वाधार सरकारले दिनुपर्छ, विशेष गरी घरेलु तथा साना उद्योगको संरक्षण गर्नुपर्छ भन्ने मन्त्रालयको धारणा छ ।’

मैले मन्त्रालयमा जिम्मेवारी सम्हालेदेखि धेरै फोरमहरुमा भनेको छु राज्यले पाँचवटा विषयहरु उद्योग क्षेत्रमा दिनुपर्छ । त्यो भनेको पहिलो नीति संरचना त्यसपछि सरल र सहज रुपमा पूँजीको उपलब्धता, श्रमिकको उत्पादन गरिदिनुपर्छ, उद्योगलाई चाहिने बजार पूर्वाधार र भौतिक पूर्वाधारहरु पनि बनाइदिनुपर्छ ।’

विशेषगरी साना तथा घरेलु उद्योगहरुका लागि त बजारको लिंक गरिदिनुपर्छ भन्ने मन्त्रालयको बुझाई रहेको भन्दै त्यसै अनुरुप सरकारले काम गरिरहेको उहाँको भनाई थियो ।

महासंघका अध्यक्ष श्याम गिरीले धेरै देशको अर्थतन्त्र भनेको स–साना उद्योगहरुको प्रवद्र्घनबाट शुरु भएको पाइएको भन्दै भन्नुभयो, ‘खासगरी एसियाकै दुई मुलुक ताइवान र जापानलाई हेर्यौं भने त्यहाँको मेरुदण्ड भनेकै त्यहाँका ग्रामीण तह र घरमै रहेका साना उद्योगहरुलाई ठूला उद्योगहरुसँग जोडेर आज सफल भएका छन् ।’

अमेरिककाकै इतिहास हेर्ने हो भने पचास वर्षको दौरानमा अमेरिकाले साना उद्योगको प्रवद्र्घनबाट फड्को मारेको भन्दै उहाँले भन्नुभयो, ‘विश्व अर्थतन्त्रको पाँचभाग मध्ये डेढ भाग सम्हालेर बसेको अमेरिकाले हाम्रा जस्तै स–साना उद्योग एसएमईलाई नै प्राथमिकातामा राखेर त्यही नै अर्थतन्त्रको मेरुदण्ड हो भनेर अगाडि बढाएको छ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…