Logo जेठ ३०, २०७८ आइतबार


प्रहरीले गर्यो ४ लाख ९० हजार बढिको सिल प्याक मदिरा बरामद

बिराटनगर । मोरङको जहदा गाउँपालिका–१ बुधनगरमा लुकाएर राखिएको मदीरा प्रहरीले बरामद गरेको छ । प्रहरीले लुकाइछिपाई राखेको ४ लाख ९० हजार भन्दा बढिको सिल प्याक मदिरा बरामद गरेको हो ।
आईतबार राती साढे १ बजे बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले को ३२ प.९५२१ र को.२० प.८७६१७ नम्बरको मोटरसाईकलमा लोड गरेको र बाकी बेबारिसे अबस्थामा दिलवाले मदिरा ३ सय ९ कार्टुन, उंमग मदिरा २ सय ७७ कार्टुन र बिभिन्न ब्राण्डका खुल्ला मदिरा १ हजार ९ सय बोतल फेला पारेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।


प्रहरीले मदिराको अवैध कारोबार गर्ने गरेको आशंकामा अजय यादव, जीतु यादव र विकास यादवलाई समेत नियन्त्रणमा लिइएको थियो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर प्रहरीले सोमबार दिउँसो छोडेको छ ।
बरामद गरेको मदिरा र सवारी साधन जिल्ला प्रहरी कार्यालय मोरङमा लगी आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाईएको प्रहरीको भनाई छ ।

यता व्यवसायी अजय यादवले नियम अनुसार माग गरिएको मदिरा प्रहरीले घर र पसलमा घेरा हालेर नियन्त्रणमा लिएको बताउनुभयो । प्रहरीले अनावश्यक रुपमा दुःख दिएको भन्दै स्थानीयले समेत त्यसको विरोध गरेका छन् । सीमापारी भारत पठाउन लागिएको आशंका गर्दै प्रहरीले मदिरा बरामद गरेको बुझाई रहेपनि नेपाल भित्रै कानुनी रुपमा खरिद गरिएको मदिरा त्यसरी नियन्त्रणमा लिएर भन्सार बुझाउने काम गलत रहेको उहाँको भनाई छ । सीमा क्षेत्रबाट बरामद नगरेको र घरमै छापा हानेर मदिरा नियन्त्रणमा लिनु गलत भएको अजयको जीकीर छ । उहाँले दर्ता भएको व्यवसायीक कारोबार छ, कर बुझाईरहेको छु बेलाबेलामा प्रहरीले आफूसँग बार्गेनिङ गर्ने शैलीमा गलत काम गरिरहेको आरोप समेत लगाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ ।

काठमाडाैं । काेरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् ।  सरकारले चीनबाट ल्याएको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…