Logo असार १, २०७८ मंगलबार


असार १ देखि देशभर निषेधाज्ञा खुकुलो बनाउने तयारी, मोडालिटी बनाउदै गृहमन्त्रालय

काठमाडौ । सरकारले देशभर जारी निषेधाज्ञा खुकुलो बनाउदै लैजाने तयारी गरेको छ ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देशभर जारी गरिएको निषेधाज्ञाको मोडालिटी हेरफेर गर्न सरकारले आन्तरिक छलफल अघि बढाएको हो । गृह मन्त्रालयले विभिन्न मन्त्रालयका सुझाव एवं ७७ वटै जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर निषेधाज्ञालाई खुकुलो बनाउने तयारी गरेको छ ।

कोरोनाको दोस्रो लहर बढेसँगै बाँकेमा वैशाख १३ बाट लगाइएको निषेधाज्ञा अहिले ७५ जिल्लामा जारी छ । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले खेतीपाती, विकास निर्माण तथा दैनिक उपभोग्य वस्तुको किनबेचमा जनस्वास्थ्यका मापदण्ड पालना गरेर नागरिकलाई आवागमन सहज हुने गरी निषेधाज्ञा खुकुलो बनाउने विषयमा छलफल भैरहेको बताउनुभयो । यसका लागि गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूसँग जिल्लागत वस्तुस्थिति र जोखिमबारे बुझ्ने काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।

धेरैजसो जिल्लामा जेठ मसान्तसम्म निषेधाज्ञा लगाइएको छ । वर्षान्तनजिकै आएका कारण पनि विभिन्न पेसा–व्यवसायमा आबद्धले आर्थिक कारोबार फरफारक गर्नुपर्ने देखिएर आवागमनलाई लचिलो बनाउनुपर्नेमा गृह मन्त्रालय सकारात्मक देखिएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरले राजधानीभित्रका वर्कसप, खाद्यपसल,पुस्तक पसल, सुपरमार्केट लगायतलाई शुक्रबारबाट बिहान ९ बजेसम्म खुला रहने आदेश जारी गरिसकेका छन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले अनिश्चितकालसम्म निषेधाज्ञा लम्ब्याउने पक्षमा आफूहरु नहरेको बताउनुभयो । यसलाई क्रमशः कसरी खुकुलो गर्न सकिन्छ भनेर गृह र स्वास्थ्य मन्त्रालयसँग छलफल र परामर्श भैरहेको उहाँले बताउनुभयो ।

खोप, परीक्षण र जनस्वास्थ्यका मापदण्डलाई सँगसँगै अघि बढाएर जनजीवन बिस्तारै सामान्य अवस्थामा फर्काउनुपर्ने सुझाव कार्यान्वयन गर्दै जाने प्रजिअ पराजुलीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । देशभरी मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मौसमको अवस्था हाल देशभर…

प्रवक्ता कुँवरले स्थानीय तह र प्रदेश सरकारबाट प्राप्त भएका विपत प्रतिकार्यका लागि आवश्यक पर्ने औजारहरुलाई व्यवस्थापन गर्न नेपाल प्रहरी लागिरहेको…

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…