Logo जेठ ३०, २०७८ आइतबार


देशभर आठवटा खोप भण्डारण गृह तयार

काठमाडौं । देशभर आठवटा खोप भण्डारण गृह तयार भएका छन् ।

खोप भण्डार गर्न सबै खालका पूर्वाधारसहित भण्डारण गृह तयार भएको हो । सबै नेपालीलाई सहज र सरल किसिमले कोरोनाविरुद्धको खोप उपलब्ध गराउने उद्देश्यसहित सातवटै प्रदेश र केन्द्रमा गरी आठवटा खोप भण्डारण गृह निर्माण भएको छ ।

सहरी विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको स्वास्थ्य भवन शाखा प्रमुख सुरोज पौडेलले कोरोनाविरुद्धको खोप शीघ्र उपलब्ध गराउन भण्डारण गृह तयार गरिएको जानकारी दिनुभयो । खोपको सुरक्षित एवं उचित व्यवस्थापन महìवपूर्ण हुने भएकाले भण्डारण गृह तयार पारिएको जानकारी उहाँले दिनुभयो ।

उहाँका अनुसार केन्द्रीय खोप भण्डारण गृह बाराको पथलैयामा, प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुरधामस्थित मुजेलिया, बागमती प्रदेशको हेटौँडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवलस्थित तामनगर, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा निर्माण गरिएको हो ।

प्रमुख पौडेलले हरेक खोप केन्द्रमा बाहिरी फ्रेमका रूपमा निर्माढा गरिएको तीनवटा कम्पार्टमेन्टमा बाहिरबाट खरिद गरी ल्याइएको ‘वाचिङ कुलर’ राखिने बताउनुभयो ।  त्यही ‘वाचिङ कुलर’मै खोप भण्डारण गरिने उहाँले जानकारी दिनुभयो । तत्काल कोरोनाविरुद्धका खोप भण्डारण गरिए पनि पछि सबै प्रकारका खोपको भण्डारण गरिने उहाँले बताउनुभयो ।

पौडेलका अनुसार एउटा केन्द्रको एक करोड २० लाख रुपियाँ लागत पर्ने गरी कुल नौ करोड ६० लाख रुपियाँमा निर्माण कार्य सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ ।

काठमाडाैं । काेरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् ।  सरकारले चीनबाट ल्याएको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…