Logo असार १, २०७८ मंगलबार


राउटे युवतीको अश्लील भिडियो रोक्न राउटे बस्ती सिल, के छ भिडियोमा ?

काठमाडौं । दुई जना राउटे युवतीमाथि यौन दुर्व्यवहार गरिएको अश्लील भिडियो सार्वजनिक भएपछि बाहिरी मान्छेलाई राउटे वस्तीमा जान रोक लगाएको छ ।

सुर्खेतको गुर्भाकोट नगरपालिका–११ स्थित राउटे समुदाय बसोवास गरिरहेको क्षेत्रमा अहिले सुरक्षा व्यवस्था कडा पारेर बाहिरी मानिसलाई जान रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालयले राउटे युवतीमाथि यौन दुर्व्यवहारभएको भिडियो राउटे समुदायमा पुग्न नदिन बाहिरका मानिसहरूलाई राउटे बस्तीमा प्रवेश गर्न रोक लगाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रामप्रसाद घर्तीले बताउनुभयो ।

राउटे युवतीको अश्लील भिडियो त्यो समुदायमा पुग्न सक्ने र त्यसबाट पीडित युवती थप समस्यामा पर्ने भएपछि अनाधिकृत व्यक्तिहरूलाई बस्तीमा जान रोक लगाइएको डिएसपी घर्तीले बताउनुभयो । राउटे बस्तीमा बाहिरका मान्छे प्रवेश गर्न नदिन २२ जना प्रहरी परिचालन गरिएको छ ।

लोपोन्मुख राउटे समुदायकी युवतीमाथि यौनहिंसा गरेको आरोपमा तीनजनाविरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जाहेरी दर्ता भएको छ । मदिरा सेवन गराई यौन दुर्व्यवहार गरेको भन्दै गुर्भाकोट नगरपालिकाका चमनसिंह घर्ती, भूपेन्द्र बुढा र होटेल सञ्चालक विनोद पुनविरुद्ध जाहेरी परेको हो ।

मानव ओसारपसार, यौन दुव्र्यवहार र जबर्जस्ती करणीको मुद्दा चलाउन किटानी जाहेरी परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रामप्रसाद घर्तीले बताउनुभयो ।

आरोपी तीनैजनाले शनिबार राति राउटे युवतीमाथि यौन हिंसा गरेका हुन् । पुनले सञ्चालन गरेको बोटेचौरस्थित शुभकामना होटल तथा रेस्टुरेन्टमा मदिरा खुवाएर अश्लील भिडिओ बनाएको प्रहरीले जनाएको छ । सो भिडियो सार्वजनिक भएपछि प्रहरीले उनीहरूलाई आइतबार बिहान पक्राउ गरेको थियो ।

के छ भिडियोमा ?

भिडियोमा एकजना पुरुष अर्धनग्न अवस्थामा राउटे युवतीसँगै ओछ्यानमा पल्टिएका छन् । ती पुरूषले एउटी युवतीलाई बहिनी र अर्कीलाई श्रीमती सम्बोधन गर्छन् । श्रीमती भनिएकी युवतीलाई उनले संवेदनशील अंगमा छोएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । देशभरी मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मौसमको अवस्था हाल देशभर…

प्रवक्ता कुँवरले स्थानीय तह र प्रदेश सरकारबाट प्राप्त भएका विपत प्रतिकार्यका लागि आवश्यक पर्ने औजारहरुलाई व्यवस्थापन गर्न नेपाल प्रहरी लागिरहेको…

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…