Logo असार ४, २०७८ शुक्रबार


चट्याङ लागेर एकैदिन २३ जनाको मृत्यु

काठमाडौं । भारतको पश्चिम बंगालमा चट्याङ लागेर एकैदिन २३ जनाको ज्यान गएको छ ।

सोमबार राति राज्यको ३ जिल्लामा गरी कुल २३ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । तीब्र हावाहुरीका कारण अन्य कैयौं व्यक्ति घाइते भएको खबर आएको सरकारी तथ्यांकमा उल्लेख छ ।

सरकारी अधिकारीहरूका अनुसार ज्यान जानेमा हुग्लीका १० जना, मुर्शिदाबादका नौ जना, हावडामा दुई र पश्चिम मेदिनीपुर जिल्लामा दुई जना रहेका छन् ।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चट्याङबाट ज्यान गुमाएका परिवारको लागि राष्ट्रिय विपत्ति राहत कोषबाट २ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् । उनले ट्वीटरमार्फत् घाइतेहरुलाई जनही ५० हजार रुपियाँ दिने घोषणा पनि गरेका छन् ।

राज्यमा सत्तारूढ टीएमसीका राष्ट्रिय महासचिव, सांसद अभिषेक बनर्जीले बुधबार र बिहिबार तीनै जिल्लाका मृतकको घरमा गएर आफन्तहरूलाई भेट्ने तयारीमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं । राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने लोगो वितरणलाई निरन्तरता दिएको छ…

नयाँ लगानिको व्यवसायमा प्रगति आउनेछ । आर्थिक सरसापट बढ्नाले पुरानो व्यवहार सल्टिनेछ ।

कुनै फेसबुक पेजमा अडियो पोस्ट गरेपछि त्यो फेसबुकको पेजमा फलो गर्नेहरुलाई नोटिफिकेसन पनि जाने जानकारी दिइएकाे छ ।

किष्ट अस्पतालले विज्ञप्ति निकालेर जाेशीकाे स्वास्थ्यमा सुधार भएकाले डाक्टरकाे सल्लाहमा डिस्चार्ज गरिएकाे बताएकाे छ ।

वाणीको राम्रो प्रभाव पर्नेछ । इष्टमित्र भेटघाट हनेछ । धनको सुख मिल्नेछ ।

बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा…