Logo जेठ ३०, २०७८ आइतबार


न फुल्यो गुराँस न फल्यो बन काफल

ओखलढुगा । ओखलढुंगाका माथिल्लो भेगमा रहेका जंगलहरु गत वर्षहरुमा यतिबेला लालीगुराँस राताम्मै हुने गर्दथ्यो । तर योवर्ष यस्तो देखिएन यो वर्ष जिल्लाका अधिकाँश जंगलहरुमा वसन्त ऋतुको आभाष नै हुन सकेन ।

जिल्लका विभिन्न क्षेत्रमा लालीगुराँस फुलेर रमणीय स्थल बन्ने समयमा पनि यस वर्ष लालीगुराँस फुलेनन् । गुराँस फुल्ने मौसम सकिन लाग्दा पनि नफुल्दा यहाँको जंगलमा न प्रकृति सुन्दर देखिएको छ, न त आन्तरिक पर्यटकको चहलपहल नै भयो । पयर्उटकको चहलपहल हुने समयमा कोरोना संक्रमणका कारण निषेधाज्ञाका कारण यो वर्ष पनि यहाँका पर्यटकिय स्थानहरुमा हलपहल देखियन । गतवर्षहरुमा जिल्लाका विभिन्न क्षेत्रमा रहेका जङ्गलमा फुलेका गुराँससँग रमाउन र फोटो खिचाउन जाने आन्तरिक तथा बाह्य पर्यटकले चहलपहल बढ्ने गर्दथ्यो तर यो वर्ष तेस्तो देखियन ।

जलवायु परिवर्तन र मानवीय लापरवाहीका कारण यस वर्ष मध्यपहाडी जिल्ला ओखलढुंगाको अधिकाँश क्षेत्रमा प्राकृतिक फूल र फल फुल्न तथा फल्न नपाएपछि जंगलहरु उजाड जस्ता देखिएका छन् । यी क्षेत्रका जङ्गलमा अहिले सम्म लालीगुराँस फुलेको छैन । नत यहाँका जंगलमा चुत्रो, ऐँसेलु नै फुल्न सकेका छन न त यस याममा फल्ने वनफल नै फलेको छ । चैत, बैशाख र जेठ महिनामा गुराँस फुल्ने समयमा पनि नफुल्दा चहलपहल नभएको पर्यटकिय स्थान ठाडेमा होटल ब्यवसाय गर्दै आएका पारस मगरको भनाई छ । यस क्षेत्रमा यतिबेला लालीगुराँस फुलेर राताम्मै हुने गर्दथ्यो । यी क्षेत्रमा लाली गुराँसकै घना जंगल रहेको भए पनि यो वर्ष नफुल्दा उजाड जस्तै देखिएको उहाँले बताउनु भयो । सदरमुकाम नजिकै रहेको ठाडे वजारमा नयाँ वर्षको दिन केही चहलपहल भए पनि अन्य दिन सुनसान रहेको ठाडेका ब्यवसायीहरु बताउँछन् । यो समयमा लालीगुराँस फुलेर राताम्मे बन्ने बन्ने गरेको ठाडे जन्तरधापका डाँडाहरु उराठ लाग्दा भएको स्थानीयको भनाई छ ।

पपर्यटकिय क्षेत्र देम्वाडाँडामा पनि यो वर्ष गुँसास फुलेको छैन । देम्वा डाडामा पर्यटन प्रवर्धनका लागि भनेर चैत ३१ र बैशाख १ गते खेलकुद आयोजना गरिएको भए पनि त्यही दुई दिन मात्र केही चहलपहल भएको तर अन्य दिन सुनसान रहेको स्थानीय दावा शेर्पाले बताउनु भयो । यस क्षेत्रमा न त गुसाँस फुल्यो नत चुत्रो नै फुलेको छ । यस वर्ष हिउँदमा पानी नपरेकाले लालीगुराँस नफुलेको र फुलेका लालीगुराँस पनि साना कोपिला जस्तो देखिने गरेको सिद्धिचरण नगरपालिका वडा नं. ६ का वडाअध्यक्ष मदनबहादुर मगरले बताउनु भयो । ऐँसेलु, काफल, चुत्रोलगायतका वनफलहरु नफलेको मोलुङ गाउँपालिका वडा नं. ७ का वडाअध्यक्ष हेम सुनुवारको भनाई छ । गत वर्षहरुमा यतिबेला वनभरी लालीगुराँस फुलेर रमणिय हुने गरेको भए पनि यो वर्ष गुराँस फुलेर सकिने समय सम्म पनि गुराँस फुलेको देखियन । पानी नपरेका कारण वनजंगल नै उराठ लाग्दा भएको सुनुवारले बताउनु भयो ।

भौगोलिक उचाइगत विविधताले ठूलो घना जङ्गल रहेको ओखलढुंगाको माथिल्लो भेगमा ऐँसेलु, चुत्रो, डिम्मर, मजिठो, सतुवा, नागबेलीसहित धेरै प्रजातिका जडीबुटी रहेको डिभिजन वन कार्यालय ओखलढुंगाको तथ्याङ्कमा उल्लेख छ । त्यसैगरी यस वर्ष यही मौसममा फल्ने काफल पनि फलेका छैनन् । पछिल्लो समय जलवायु परिवर्तनको प्रभावले पनि लालीगुराँस लगायतका अन्य क्षेत्रमा प्रभाव परेको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…