Logo असार १, २०७८ मंगलबार


विशेष सम्पादकीय : तत्काल निषेधाज्ञा नतोड, आर्थिक गतिविधि चलायमान बनाउ

विश्वमै फैलिएको कोभिड–१९ कारोना भाइरसको महामारीले नेपाललाई पनि अस्तव्यस्त बनाएको छ ।

जसले गर्दा जनजीवन गम्भीर रुपमा प्रभावित मात्र होइन कि त्रास र भयले गर्दा थिलो थिलो भएको छ । शैक्षिक, आर्थिक , सामाजिक लगायतका हरेक क्षेत्रलाई महामारीले पारेको असरले गर्दा नागरिकको दैनिक जीवनमा समेत ठूलो असर पारेको छ । विकासका हरेक क्षेत्रलाई धेरै वर्ष पछाडि धकेलिदिएको छ । आर्थिक विकासका परिसुचकहरुमाथि पारेको जोखिम झन् डरलाग्दो छ । समग्रमा भन्नुपर्दा महामारीले गर्दा देशको हरेक क्षेत्रलाई गभीर धक्का दिएको छ ।

महामारीले अन्य देशलाई पनि कम क्षति पारेको छैन तर नेपाल आफै आत्मनिर्भर नभएको र पछाडि पर्नुपरेको अवस्थाले पनि बढी जोखिम नेपालले व्यहोर्नुपरेको छ । आम नागरिकहरु त्यसमा विपन्न परिवारका लागि महामारी आत्मघाती जस्तै भएको छ । गत वर्ष भन्दा यस वर्षको दोस्रो लहरको महामारीले निकै धेरै मानवीय क्षति भएको छ ।

नागरिकहरुमा बढेको त्रास र भयले नागरिकमा तनाव पनि निकै बढी छ । यो अवस्थाले गर्दा नागरिकहरुको बौद्धिक विकासलाई पनि कमजोर बनाएको विज्ञहरुको विश्लेषण छ । बौद्धिक विकास र मानसिक रुपमा पारेको असर महामारी नियन्त्रण भएको धेरै समय सम्म रहने भएकोले त्यो झन् खतरा छ । यसर्थ महामारी नियन्त्रण मात्र होइन नागरिकहरुमा परेको बौद्धिक विकास र मानसिक रुपमा पर्ने असरलाई धेरै समय सम्म रहन नदिने गरी राज्यले ठोस कार्यक्रम बनाउनुपर्छ । महामारी नियन्त्रण कार्यक्रमसंगै तल्लो तह सम्मको स्थानीय निकायलाई परिचालन गरी टोलटोलमा नागरिकहरुलाई मोटिभेस्नल काउन्सिलिङ कार्यक्रम राख्नुपर्ने आवश्यकता देखिएको छ ।

०७६ चैत्र देखि नेपालमा पनि महामारीको पहिलो लहर आयो र बीचमा केही महिना कम भए जस्तो पनि भयो । तर जब ०७८ वैशाख देखि दोस्रो लहरले उग्र रुप लियो, त्यसले नेपाललाई अन्य देशको तुलनामा बढी क्षति बनाएको छ । जेठ २५ गते अपरान्ह सम्म ६ हजार ३ सय ४६ जना नागरिकको कोरोना महामारीले ज्यान लिइसकेको छ । दैनिक रुपमा मृत्यु हुनेको संख्यामा त्यति धेरै कमी आएको छैन । तर गत हप्ता देखि महामारीबाट सक्रमित हुनेहरुको संख्यामा भने केही कमी आएको छ । हाल ५ लाख १३ हजार २ सय ४१ जना संक्रमित भैसकेका छन भने सक्रमित हुने मध्ये ३ लाख ९१ हजार ३ सय ४८ निको भएका छन् । त्यसमा पनि सक्रमणमा परेका तर पीसिआर परीक्षण नगर्नेको संख्या निकै धेरै रहेको स्वयं स्वास्थ्थ तथा जनसंख्या मन्त्रालयका अधिकारी बताउने गर्छन् । जनसंख्याको हिसाबले हाम्रो जस्तो मुलुकमा जति नागरिकको मृत्यु र संक्रमित भएका छन् त्यो अन्य देशको तुलनामा निकै धेरै हो ।

महामारीको जोखिमलाई कम गर्ने उद्धेश्यले सरकारले गत वैशाख १६ गते देखि निषेधाज्ञा जारी गरेको छ । खोटाङ र मनाङ वाहेक ७५ जिल्लामा निषेधाज्ञा छ । गत हप्तासम्म निकै कडा गरिएको निषेधाज्ञालाई सरकारले यो हप्ता केही खुकुलो गरेको छ । लामो समयसम्म निषेधाज्ञा जारी राख्दा पर्नसक्ने तत्कालीक र दीर्घकालीक नकरात्मक प्रभावलाई ध्यानमा राखेर सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ७५ जिल्लामा जारी गरेको निषेधाज्ञाको मोडालिटी हेरफेर गर्न आन्तरिक गृहकार्य शुरु गरिसकेको जानकारीमा आएको छ । गृह मन्त्रालयले विभिन्न मन्त्रालयको सुझाव एवं सबै जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर निषेधाज्ञालाई खुकुलो बनाउने तयारी गरेको छ ।

निश्चय नै महामारीको जोखिम हुँदा हुदै पनि निषेधाज्ञको मोडालिटी पनि परिवर्तन गरी आर्थिक कारोबारलाई चलायमान बनाउनुपर्ने खाँचो पनि छ । आर्थिक वर्षको प्रारम्भ हुनासाथ राज्यले राजश्व संकलन देखि अन्य आर्थिक कारोबार सञ्चालन गर्न खोज्नुलाई स्वभाविक मान्नुपर्छ । तर त्यसो भन्दैमा एकै पटक ह्वात्तै धेरै खुकुलो बनाइयो भने त्यसको दुष्परिणाम राज्यले थेग्न नसक्ने खालको हुन सक्छ । त्यसैले खोप लगाउने कुरालाई पहिलो प्राथमिकता दिने मात्र होइन राज्यले सम्पूर्ण ध्यान त्यसैमा लगाउनुपर्ने हुन्छ । आम नागरिकहरुसम्म खोपको पहुँच पुर्याएपछि निषेधाज्ञालाई त्यहि अनुपातमा खुुकुलो बनाउदै लैजानु बुद्दिमत्त ठहरिन्छ । यसबाट देश र जनता दुवैका लागि ठूलो राहत हुनेछ ।

नागरिकहरुमा रहेको महामारीको त्रास र भयलाई कम गर्ने एउटा मात्र उपाय सबै नागरिकहरुलाई खोप लगाउनु हो । तर सरकारले नागरिकको स्वास्थ्य सुरक्षालाई वेवास्ता गरेर अनेक वाहनामा केवल राजश्व उठाउने ध्येयका साथ मात्र निषेधाज्ञा खुकुलो बनाउने काम गर्नुहुदैन । सबै पक्षलाइ ध्यानमा राखेर सरकारले आर्थिक पक्ष चलायमान बनाउने गरी निषेधाज्ञा खुकुलो बनाउदा सबै भन्दा उपयुक्त हुने छ । आम नागरिकहरुको मनशाय पनि त्यहि नै रहेको बिभिन्न क्षेत्रबाट आएको टिप्पणीबाट प्रष्ट हुन्छ । सरकार भनेको आम नागरिकहरुको अभिभावक हो । उसले त्यो अभिभावकीय भूमिका निर्वाह गर्नका लागि आम नागरिकहरुको अपेक्षा के छ ? के गर्दा मुलुक र जनताको सर्वोपरि हीत हुन्छ भन्ने कुरा गम्भीर भएर सोच्नुपर्छ र समयमै निर्णय गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । देशभरी मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मौसमको अवस्था हाल देशभर…

प्रवक्ता कुँवरले स्थानीय तह र प्रदेश सरकारबाट प्राप्त भएका विपत प्रतिकार्यका लागि आवश्यक पर्ने औजारहरुलाई व्यवस्थापन गर्न नेपाल प्रहरी लागिरहेको…

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…