Logo जेठ ३०, २०७८ आइतबार


कोरोना संक्रमितका लागि निशुल्क एम्बुलेन्स सेवा

विराटनगर । नेपाली कांग्रेसका युवा नेता कृष्ण कार्कीले कोरोना संक्रमित विरामीको लागी अक्सिजन सहितको एमुलेन्स सेवा उपलब्ध गराउनु भएको छ । विराटनगर महानगरपालिका भित्रका कोरोना संक्रमितलाई अस्पताल सम्म पुर्याउनको लागी अक्सिजन सहितको एमुलेन्स सेवा उपलब्ध गराउनु भएको हो ।

कार्कीले चन्द्र पराजुली फाउन्डेसनसँगको सहकार्यमा अक्सिजन सहितको एम्बुलेन्स सेवा उपलब्ध गराउनु भए पछि बिराटनगरका नागरिकलाई केही सहज हुने बताईएको छ । कार्कीले संचालन थगर्नु भएको एम्वसलेन्सको सेवाका लागि विराटनगर महानगरभित्रका जो कोही विरामीले निशुल्क सेवाको लागी फोन सम्पर्क गरेर सेवा लिन सकिने उहाँको भनाई छ । कोरोना माहामारीको समय अवधीभरी नै यो सेवा प्रदान गरिने कार्कीले बताउनुभएको छ ।

विराटनगरमा भनेको बेला एम्बुलेन्स नपाउने भएका कारण सामाजिक कार्य अन्तगर्त कोरोना संक्रमित विरामी ओसारपसार गर्नको लागी यो निशुल्क सेवा अझ प्रभाबकारी हुने छ । प्रदेश राजधानी र महानगरपालिका भित्रै एम्बुलेन्स नपाउँदा नागरिकले सास्ती भोगी रहनु परेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…