Logo जेठ ३०, २०७८ आइतबार


सत्ता र शक्तिका आडमा सरकारी खोपमा राजनीतिक मेला

विराटनगर । सरकारले ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई आज देखी लगाईदैं गरेको खोपमा प्रदेश एकको राजधानी बिराटनगरमा भने सत्ता र शक्तिको आडमा खोपमा राजनीति गरिएको छ ।

विराटनगर–१२ को बखरी स्वास्थ्य चौकी खोप वितरण केन्द्रमा एमाले निकट युवासंघ नेपालका युवाहरुले खोपमा पुर्णरुपमा राजनीतिक मेला देखाएका हुन् ।

खोप केन्द्रमा प्रधानमन्त्री केपी ओली र युवा संघ लेखेको टिसर्ट धारी युवाको खुबै हाउभाउले पनि सत्ता र शक्तिको आडमा मनपरी गरिएको देखिन्छ । सरकारले दिएको उक्त खोप विराटनगर महागरपालिकाले ६२ वर्ष माथिका जेष्ठ नागरिकलाई आज लगाइरहेको छ तर युवाहरुले कर्मचारी सरह काम आफैले गरेर त्यसको जस लिने काम गरि रहेको स्थानीय बताउँछन् ।

सरकारले विराटनगरमा उक्त खोप ५ हजार ८४६ डोज पठाएको छ । आज विराटनगरमा ६२ वर्ष माथिकालाई लक्षित गरेर खोप लगाइरहेको विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा अधिकृत रमेश कार्कीले जानकारी दिनु भयो । भोली भने ६० वर्ष माथिकालाई उक्त खोप लगाइने छ । त्यसपछि ४० वर्षदेखि माथिकाको उमेर समूहलाई पालैपालो लगाउने तयारी गरेको कार्कीको भनाई छ । नगरपालिकाले मंगलबारका लागि सबै वडामा गरी ३ हजार डोज खोप वितरण गरेको छ ।

खोपस्थलमा युवासंघका कार्यकर्ताले खोप कार्डमा नाम लेख्ने, परिचयपत्र हेर्ने, मानिस बोलाउने जस्ता काम गरिरहेका छन् । उनीहरुको हाउभाउले खोप लगाएको जस लिने होडबाजी सुरु भएको कतिपयले आँकलन गरेका छन् । विपक्षी दलहरुले भने यस्तो कार्य लज्जास्पद भएको बताएका छन् । विराटनगरका प्रत्येक खोप केन्द्रमा ३ देखि ४ जना कर्मचारी खटाइएको छ । तर, सामाजिक दूरीको पालना नगरी युवा दस्ताले आफैं कर्मचारी सरह काम गरेको उक्त केन्द्र कब्जा गरेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

अन्न कृषिमा आम्दानी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दानी मिल्नेछ ।