Logo जेठ ३०, २०७८ आइतबार


यी हुन् कोरोना संक्रमण उच्च रहेका विश्वका १० देश

काठमाडौं । विश्वमा १० वटा मुलुक कोरोनाको उच्च जोखिममा रहेका छन् । अमेरीका, भारत, ब्राजिल, फ्रान्स, टर्की, रसिया, बेलायत, इटाली, अर्जेन्टिना र जर्मनी कोरोनाको उच्च जोखिममा रहेका हुन् ।

कोरोना न्यूनीकरण गर्न विश्वका धेरै मुलुकमा लकडाउन जारी छ । कतिपय देशमा कोरोनाविरुद्ध खोप अभियान जारी छ र पनि कोरोना संक्रमणबाट विश्वको कुनै पनि मुलुक अछुतो रहन सकेको छैन । हालसम्म विश्वभर कोरोना संक्रमित संख्या १७ करोड ४३ लाख ८२ हजार २२ पुगेका छ । कोरोनाले हालसम्म ३७ लाख ५२ हजार २ सय १२ जनाको मृत्यु भई सकेको छ । कोरोनाबाट निको हुनेको संख्या १५ करोड ७६ लाख ४८ हजार ५ सय ७४ छ । मंगलबार सम्म विश्वका १० देशमा मात्र करिब १० करोड ८८ लाख १९ हजार ९ सय २३ जना संक्रमित भएका छन् । कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिका रहेको छ भने दोस्रोमा एसियाली मुलुक भारत रहेको छ ।

हाल सम्म कोरोना संक्रमण उच्च रहेका देशहरुमा  क्रमसः अमेरीकामा ३ करोड ४२ लाख २७ हजार २ सय ३७, भारतमा २ करोड ८९ लाख ९६ हजार ९ सय ४०, ब्राजिलमा १ करोड ६९ लाख ८५ हजार ८ सय १२, फ्रान्समा ५७ लाख १३ हजार ९ सय १७, टर्कीमा ५२ लाख ९३ हजार ६ सय २७, रसियामा ५१ लाख ३५ हजार ८ सय ६६, बेलायतमा ४५ लाख २२ हजार ४ सय ७६, इटालीमा४२ लाख ३३ हजार ६ सय ९८, अर्जेन्टिनामा ३९ लाख ७७ हजार ६ सय ३४, जर्मनीमा ३७ लाख १० हजार ३ सय ४१ संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

अन्न कृषिमा आम्दानी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दानी मिल्नेछ ।