Logo जेठ ३०, २०७८ आइतबार


फ्रान्सका राष्ट्रपति म्याक्रोंलाई थप्पड (भिडियोसहित)

एजेन्सी । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोंमाथि हातपात भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार मंगलबार दक्षिणी फ्रान्सको एक कार्यक्रममा पुगेका म्याक्रोंको गालामा एक जना पुरूषले थप्पड हानेका हुन्।

राष्ट्रपतिमाथि भएको हातपातको दृश्य सामाजिक सञ्जालमा छाएको छ । भिडियोमा म्याक्रोंले आममानिसहरूसँग हात मिलाइरहेका बेला एक जनाले थप्पड हानेको देखिन्छ ।

सेतो सर्ट, टाई र मास्क लगाएका म्याक्रोंले एउटा बारको अर्कोपट्टी उनलाई कुरिरहेका मानिससँग हात मिलाइरहेका थिए। त्यही क्रममा हरियो टि-सर्ट, चश्मा र मास्क लगाएका पुरूषले उनको पाखुरा समात्दै गालामा थप्पड हाने। तत्कालै सुरक्षाकर्मीले म्याक्रोंलाई त्यहाँबाट निकालेका थिए।

थप्पड हान्ने कार्यमा संलग्न भएको भन्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

ती पुरूषले म्याक्रोंलाई थप्पड हान्नुको कारण भने खुलेको छैन।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…