Logo असार १, २०७८ मंगलबार


कोरोनाविरूद्धको खोप लगाउनेलाई एक खिल्ली गाँजा उपहार

काठमाडौं । अमेरिकाको वासिङ्टन राज्यले कोरोनाभाइरसविरूद्धको खोप लगाउने २१ वर्ष माथिका नागरिकलाई अनौठो उपहार प्याकेज ल्याएको छ ।

वासिङ्टन राज्यले कोरोनाभाइरसविरूद्धको खोप लगाउने नागरिकलाई तत्कालै एक खिल्ली गाँजा उपहार दिने कार्यक्रम ल्याएको हो ।

सोमबार घोषणा भएको उक्त कार्यक्रमको नाम ुजोइन्ट्स फर ज्याब्सु राखिएको छ। यसबाट युवाहरू कोरोना खोप लगाउन उत्प्रेरित हुने आशा गरिएको छ। खोप लगाउँदा गाँजा खान पाइने कार्यक्रम जुलाई १२ सम्म लागु हुनेछ।

वासिङ्टन राज्यमा अहिलेसम्म ५८ प्रतिशत मानिसले मात्र कोरोनाको पहिलो डोज लगाएका छन् भने पूर्ण खोप लगाउनेहरू ४९ प्रतिशत छन्।

यसअघि अमेरिकाको एरिजोना राज्यले कोरोना खोप लगाउँदा गाँजा दिने कार्यक्रम सुरू गरिएको थियो। केही राज्यले खोप लगाउनेलाई सित्तैमा बियर दिने, केहीले विश्वविद्यालयमा छात्रवृत्ति दिने गरेका छन् । केहीले लाखौं डलरको चिठ्ठा राखेका छन्।

अमेरिकामा अप्रिलदेखि मानिसहरूले कोरोनाभाइरसविरूद्धको खोप लगाउने क्रम लगातर घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रेममा सुख मिल्नेछ । रमाइलोमा दिन बित्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।

काठमाडौं । देशभरी मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मौसमको अवस्था हाल देशभर…

प्रवक्ता कुँवरले स्थानीय तह र प्रदेश सरकारबाट प्राप्त भएका विपत प्रतिकार्यका लागि आवश्यक पर्ने औजारहरुलाई व्यवस्थापन गर्न नेपाल प्रहरी लागिरहेको…

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…