Logo असार १, २०७८ मंगलबार


नेता योगेश भट्टराईको दृष्टिमा एमालेको एकताको मूल जड को ?

काठमाडौं । नेकपा (एमाले) का नेता योगेश भट्टराईले एमाले एकता बचाउन साझा निष्कर्षका साथ साझा अभियान चलाउन आवश्यक भएको बताउनुभएको छ ।

सामाजिक सञ्जालमा लेख्दै नेता भट्टराईले पार्टीभित्र देखिएको विवादमा दुवैपक्षबीच गम्भीर छलफल आवश्यक रहेको उल्लेख गर्नुभएको छ । उहाँले एमाले एकता बचाउन जरुरी रहेको भन्दै साझा निष्कर्षका साथ साझा अभियान चलाउन आवश्यक भएको बताउनुभएको छ ।

‘एमालेको एकताको मूल जड ? ’ भन्ने प्रश्न गर्दै उनले आफ्नै पार्टी एकताका लागि नलागेर दुवै पक्षले फरक–फरक पार्टीको साथ खोज्न र दिनुमै मूल समस्या रहेको बताउनुभएको छ ।

‘कमरेड केपी ओली आफ्नै पार्टीका वरिष्ठ नेता कमरेड जे एन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर, महन्थ ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने। कमरेड जे एन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर, शेरबहादुर देउवा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने। कसले, किन र के का लागि गर्दैछ यो सब ? एमाले एकताको समस्याको मूल जड यहिं छ।’, नेता भट्टराईले लेख्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…