Logo जेठ ३०, २०७८ आइतबार


यस्तो छ नेपाल–खनाल समूहको वैकल्पिक पार्टी निर्माणको अन्तिम तयारी

काठमाडौं । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहले ‘बृहत् कम्युनिस्ट एकता’को अवधारणासहित वैकल्पिक पार्टी निर्माणको अन्तिम तयारी अघि बढाएको छ ।

खनाल–नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावको भ्रममा नपरी सशक्त रूपमा पार्टीको समग्र एकता, संगठन निर्माण र सञ्चालनको मार्गमा अघि बढ्न देशभरका नेता–कार्यकर्तासँग आह्वान पनि गरेका छन् ।

तर अहिलेलाई नेपाल–खनाल समूहले वैकल्पिक पार्टी निर्माण गर्ने कि नगर्ने अन्तिम निर्णयका लागि सर्वोच्च अदालतको फैसलासम्म कुर्ने रणनीति तय गरेको छ । फैसलाअघि पार्टी गठन गर्दा दल त्याग गरेको ठहरिने र सर्वोच्च अदालतमा रिट कायमै रहेका वेला आफ्ना सांसदहरूको पद जाने सम्भावना रहेकाले पनि कम्तीमा फैसलासम्म कुर्नु उपयुक्त हुने वरिष्ठ नेता नेपाल स्वयंले केन्द्र, प्रदेश र जिल्ला तहको समूहको बैठकमा ब्रिफिङ गर्दै आउनुभएको छ ।

संसद् पुनस्र्थापनाको फैसला भए ओली राजनीतिक एजेन्डाका हिसाबले पनि कमजोर भएर पार्टी एकता मिलाउनका लागि समर्पणकै तहमा ‘ब्याक’ हुन सक्ने र त्यसले एमालेभित्रको अन्तर्संघर्षमा ‘पोजिसन’ बलियो बन्न सक्ने नेपाल–खनाल पक्षको आँकलन छ । यदि पुनस्र्थापनापछि पनि ओलीले पार्टी मिलाउन खोजेनन् भने राजनीतिक एजेन्डा बलियो बन्ने भएकाले नयाँ पार्टी बनाएर चुनावी मोर्चा बनाएर पनि सहज हुने उनीहरूको बुझाइ छ । त्यसअनुसार नै अहिले नेपालले वैकल्पिक पार्टी निर्माण गर्दा कांग्रेस र माओवादी केन्द्रसँग सम्मानजनक चुनावी तालमेल हुने गरी प्रारम्भिक छलफलसमेत भएको छ ।

रणनीति त्यसरी अगाडि बढेकाले नेपाल–खनाल पक्षको केन्द्रीय कमिटीको पछिल्लो बैठकले ओलीले वार्तालाई चालबाजीका रूपमा मात्रै लिँदै आएको र पार्टीलाई विभाजनको सँघारमा पु¥याएकाले उनको फुटपरस्त र गलत प्रवृत्तिका विरुद्ध जुध्दै क्रान्तिकारी पार्टीपंक्तिको रक्षा र विकासका पक्षमा उभिन ओली पक्षका नेता–कार्यकर्तालाई पनि आह्वान गरेको छ । ‘केन्द्रीय कमिटीबाट पारित दशबुँदे प्रस्तावमा छ, ‘चालबाजीपूर्ण वार्ताको भ्रममा नपर्न सम्बद्ध सबैसँग आग्रह गर्दछौँ । अतः ओलीका फुटपरस्त र गलत प्रवृत्तिका विरुद्ध जुझ्दै क्रान्तिकारी पार्टीपंक्तिको रक्षा र विकासका लागि केपी ओली पक्षमा रहनुभएका इमानदार नेता र कार्यकर्तालगायत नेकपा (एमाले) पंक्तिलाई हार्दिक आह्वान गर्दछौँ ।’

ओलीको गतिविधिले पार्टीलाई एकताबद्ध बनाइराख्ने चाहनामा कुठाराघात भएको नेपाल–खनाल समूहको ठहर छ । ‘नेकपा षड्यन्त्रमूलक किसिमले विघटन भइसकेपछि पुनर्जीवित एमालेको एकता र प्रभावकारिता कुनै पनि किसिमले कमजोर नहोस् भनेर हामीले गत फागुन २३ गतेपछि निरन्तर प्रयास ग¥यौँ । आजपर्यन्त हाम्रो प्रयास जारी छ,’ पारित प्रस्तावमा छ, ‘तर, ओलीले पार्टीलाई एकताबद्ध तुल्याउने हाम्रो सदाशयपूर्ण प्रयासलाई महत्वहीन भएझैँ व्यवहार गर्दै पार्टीलाई विभाजनको सँघारमा पु¥याएका छन् । पार्टी एकताका लागि अन्तिम समयसम्म हामीले गरेको प्रयासलाई अनेक बहानामा सार्थक हुन नदिई पार्टीलाई एकताबद्ध राख्ने हाम्रो चाहनामा कुठाराघात गरिएको छ ।’
नेपाल–खनाल समूहले अब ओलीसँग वार्ताबाट एकता जोगाउने सम्भावना क्षीण बन्दै गएको प्रस्टसँग औँल्याएको छ । परिणामविहीन, अर्थहीन जालझेलको वार्तामा अलमलिने समय नभएको भन्दै बाध्य भएर नयाँ पार्टी बनाउनुपर्ने अवस्था आउन लागेको संकेतसहित गाउँ, वडादेखि टोलसम्म संगठन निर्माणमा जुट्न निर्देशनसमेत दिइएको छ ।

प्रधानमन्त्री ओलीले विदेशीसामु लम्पसार पर्दै दुईपटकसम्म असंवैधानिक रूपले प्रतिनिधिसभा विघटन गरेका कारण वामपन्थी र लोकतन्त्रवादी शक्तिसँग सहकार्य गर्नुपर्ने अवस्था आएकाले सर्वोच्च अदालतमा दायर रिटबाट हस्ताक्षर फिर्ता नलिइने पनि नेपाल–खनाल समूहले प्रस्ट्याएको छ । ‘ओलीबाट दक्षिणपन्थी विसर्जनवादी चिन्तन र व्यवहारका साथ बाह्य शक्तिका सामु लम्पसार पर्दै संविधान, लोकतन्त्र र संसद्माथि आक्रमण गरिएकोे, यस सिलसिलामा दुई–दुईपटक असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरिएको, अध्यादेशमार्फत शासन चलाउन खोजिएको र राष्ट्रिय हितमाथि घात गरिएकाले संविधान, लोकतन्त्र, संसद्, राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षाका लागि अन्य वामपन्थी र लोकतन्त्र पक्षधर दलहरूसँग सहकार्यका साथ अघि बढ्नुपर्ने स्थिति सिर्जना भएको छ,’ प्रस्तावमा छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ ।

काठमाडाैं । काेरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् ।  सरकारले चीनबाट ल्याएको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…