Logo जेठ ३०, २०७८ आइतबार


प्रदेश २ मा मन्त्रालय बाँडफाँटका लागि तीन दल छलफलमा

काठमाडौं । प्रदेश २ को सरकारमा काँग्रेस र माओवादी केन्द्र सम्मिलित हुने भएका छन् ।

जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको प्रदेश २ सरकारमा सहभागी हुन मंगलबार काँग्रेस र माओवादी सहमत भएका हुन् । सहमतिपछि मन्त्रालयको बाँडफाँटका लागि तीन दलबीच अहिले छलफल जारी छ ।

प्रदेश २ काँग्रेस संसदीय दलका नेता रामसरोज यादवका अनुसार विहान ९ बजेदेखि तीन दल छलफलमा छन् । मन्त्रालयको संख्या र कसले कुन दलले कतिवटा प्राप्त गर्ने विषय टुंगिएको माओवादीका सांसद भरत साहले जानकारी दिनुभयो ।

तीन दलको सत्ता सहकार्य हुने भएपछि प्रदेश २ मा ६ वटा मन्त्रालयलाई फुटाएर १० मन्त्रालय बनाइँदै छ । जसपा मुख्यमन्त्री लालबाबु राउतले ५ वटा मन्त्रालयले आफूसँग राखेर काँग्रेसलाई तीन र माओवादीलाई दुई मन्त्रालय दिन लागेको बुझिएको छ । तर काँग्रेसले प्रदेशमा आफ्नो उपस्थिति अनुसार मन्त्रालय पाउनुपर्ने अडान राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…