Logo जेठ ३०, २०७८ आइतबार


त्रिवि स्नातक तहको प्रथम वर्षको परीक्षा साउनको दोस्रो साता

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तहको पुरानो प्रथम वर्षको परीक्षा साउनको दोस्रो साता हुने भएको छ ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले आगामी साउन दोस्रो साता भौतिक रूपमै परीक्षा लिने तयारी गरेको हो । फारम भरेको झन्डै दुई वर्षसम्म पनि प्रथम वर्षको परीक्षा दिन नपाएका साढे दुई लाख विद्यार्थी छन् ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीले जुनसुकै अवस्थामा र जुनसुकै विधिबाट भए पनि साउनमा परीक्षा लिने गरी तयारी भइरहेको जानकारी दिनुभयो । ५० प्रतिशत विद्यार्थीले अनलाइन फारम भर्न नसकेको र परीक्षा पनि दिन नसक्ने जानकारी आएकाले विद्यार्थी रहेकै जिल्लामा परीक्षा दिन पाउने गरी भौतिक रूपमा परीक्षा लिने तयारी भएको उहाँले बताउनुभयो । कोभिड–१९ को संक्रमण कम हुँदै गएकाले अनलाइनमार्फत भए पनि परीक्षा लिने उहाँले जानकारी दिनुभयो ।

आगामी साउनमा भौतिक रूपमा हुने परीक्षा छुटाएमा विद्यार्थीको पुनः परीक्षा नलिइने जोशीको भनाइ छ । भौतिक रूपमा परीक्षा हुन नसक्ने अवस्था आएमा अनलाइनमा जति सहभागी हुन सक्छन्, उनीहरूको मात्रै भए पनि परीक्षा हुने उहाँले बताउनुभयो । अनलाइन परीक्षामा सहभागी हुन नसकेका विद्यार्थीलाई अर्को परीक्षाको व्यवस्था गर्ने जोशीले प्रष्ट पार्नुभयो । त्रिविमा वार्षिक प्रणालीका पनिका बल्खुले लिँदै आएको छ ।

त्रिविले कोभिड संक्रमणको समयमा सहज गराउने उद्देश्यले अनलाइन फारम खुलाएको छ। तर ५० प्रतिशत विद्यार्थीले अनलाइनबाट फारम भर्न नसकेको क्याम्पस प्रमुखहरूले नियन्त्रक जोशीलाई रिपोर्टिङ गरेका छन् । अनलाइन फारम भर्न कठिन भएका विद्यार्थीले नजिकैको क्याम्पसबाट फारम भरेर बुझाएका छन् । ३१ जेठसम्म फारम भर्न समय दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…