Logo जेठ ३०, २०७८ आइतबार


न्यायाधीशद्वयले संवैधानिक इजलास नछाड्ने

काठमाडौं । संवैधानिक इजलासमा रहनु भएका न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले इजलास नछाड्ने भएपछि प्रतिनिधिसभा विघटनविरद्धको मुद्दामा सुनुवाइ शुरू भएको छ । उहाँहरुले इजलास छाड्नुपर्ने भनी यसअघि सरकार पक्षका कानून व्यवसायीले सुझाव दिएपछि विवाद चुलिएको थियो ।

इजलासको विवादबारे न्यायाधीश ईश्वर खतिवडाले संविधानतः प्रधानन्यायाधीश बाहेक इजलास नबन्ने र बाँकी चारजना न्यायाधीश एउटै डुंगामा रहेको भन्दै परिस्थितिवस इजलासमा आएका कसैले पनि इजलास छाड्न नसक्ने बताउनु भयो । बेञ्च गठनको विषयमा अब केही कुरा नसुन्ने र जे भन्नु पर्छ फैसलामा भन्ने उहाँको भनाई छ ।

प्रश्नहरुको उत्तर शब्दबाट दिनुपर्छ भन्ने छैन, मौनताबाटै उत्तर दिन सकिने उहाँको तर्क छ । दुवै न्यायाधीशले आज कुनै राय नदिएपछि प्रधानन्यायाधीशले सुनुवाइ अघि बढाउने आदेश दिनु भएको छ । रिट निवेदक शेरबहादुर देउवाको पक्षबाट बढीमा आधा घण्टा बहसका लागि समय दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

अन्न कृषिमा आम्दानी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दानी मिल्नेछ ।