Logo जेठ ३०, २०७८ आइतबार


हेटौंडामा रोकियो खोप अभियान

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा आजबाट लगाउने भनिएको कोरोनाविरुद्धको खोप कार्यक्रम अन्यौल भएको छ । उपमहानगरपालिकाका मेयरले अन्तिम समयमा आएर कार्यक्रम रोक्दा अन्यौल भएको हो ।

देशैभर भइरहेको खोप अभियान आजबाट हेटौंडामा पनि सुरु हुने भनिएको र उपमहानगर भित्रका ६२ वर्षदेखि ६४ वर्ष उमेर समूहलाई आजबाट भेरोसेल खोप लगाउने कार्यक्रम रहेको भए पनि मेयर हरिबहादुर महतले खोप लगाउने अन्तिम समयमा प्राविधिक कारण भन्दै खोप लगाउने कार्य रोक्न निर्देशन दिनु भएको थियो । बुधबार बिहान १० बजेबाट खोप लगाउने भनिएपनि मेयरको निर्देशनमा कार्यक्रम रोकिए पछि खोप लगाउन टाढाबाट आइपुगेकाहरु तेत्तिकै फर्केका छन् ।

सबै उमेरलाई खोप आवश्यक भए पनि ६२ देखी ६४ वर्ष उमेर समूहलाई मात्रै खोप आएको भनेर दवाव आएकोले अभियान केहि समयलाई रोकिएको हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीना लामाले बताउनु भयो । खोप सबै समूहलाई लगाउनु पर्यो भनेर दवाव आएको तर सबैलाई लगाउन पुग्ने खोप नभएका कारण केही समयलाई कार्यक्रम स्थगित गर्नु परेको उहाँको भनाइ छ ।

खोप लगाउने सम्पुर्ण तयारी पूरा भएपनि मेयर महतले तत्काल खोप कार्य रोक्दा केहि सेवाग्राही आएर पनि फर्किएको हेटौंडा–१ का वडा अध्यक्ष सबिन न्यौपानेले बताउनु भयो । अहिलेलाई खोप कार्य रोक्नु भन्ने निर्देशन आएका कारण केहि सेवाग्राही फर्किनु परेको उहाँको भनाई छ । अब फेरि आजै लगाउने भन्ने कुरा पनि आएकोले कति बजेबाट लगाउने थाहा भई नसकेको न्यौपानेले बताउनु भयो ।

मेयरले खोप लगाउन रोकेपछि सबैतिर यसको विरोध भइरहेको अवस्थामा अर्को सुचना नआएसम्मको लागि खोप अभियान रोकिए पनि मेयर महतले केहि समयमा नै फेरि खोप अभियान आजैबाट सुरु गर्ने बताउनु भए पनि अहिले सम्म खोप अभियान सुरु भएको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मुसलधारे वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ ।

काठमाडाैं । काेरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् ।  सरकारले चीनबाट ल्याएको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…