Logo जेठ ३०, २०७८ आइतबार


कांग्रेस र माओवादी केन्द्र सरकारमा सहभागि हुने सहमति

जनकपुर। प्रदेश नं २ सरकार पुनर्गठनका सन्दर्भमा जनता समाजवादी पार्टी नेपाल (उपेन्द्र यादव समूह), नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बीच सहकार्य गर्ने सहमति भएको छ ।

केन्द्रमा सत्तासमीकरणको विषयलाई लिएर प्रदेश नं २ को सत्तारुढ दल जसपाभित्र विवाद चर्किएपछि उपेन्द्र यादव पक्षबाट मुख्यमन्त्री बनेका लालबाबु राउतले महन्थ ठाकुर पक्षका चारजना मन्त्री बर्खास्त गरेपछि कांग्रेस र नेकपा माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउने विषयमा सहमति भएको हो ।

जनकपुरमा रहेका जसपाका अध्यक्ष उपेन्द्र यादव आफै तीन दिनदेखि लगातार कांग्रेस र माओवादी केन्द्रका नेताहरुसँग छलफलमा व्यस्त हुनुहुन्छ । सत्ता सझेदारीबारे वार्ता गर्न भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह, सामाजिक विकासमन्त्री नवलकिशोर साह र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय सम्मिलित समिति पनि सक्रिय रहेको र सो समितिले विभिन्न चरणमा कांग्रेस र माओवादी केन्द्रसँग छलफल गरेका छन् ।

जसपा, कांग्रेस र माओवादी केन्द्रबीच विभिन्न चरणमा छलफल भए पनि मन्त्रालय बाँडफाँडको विषयमा सहमति हुन सकिरहेको थिएन तर मंगलवार साँझ भएको छलफलपछि सत्ता सहकार्यका लागि ती दलहरुबीच सहमति भएको बुझिएको छ । सहमति अनुसार कांग्रेसले तीनवटा र माओवादी केन्द्रले दुईवटा मन्त्रालय लिएर सरकारमा सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यात्रामा धन हराउन सक्नेछ । काममा क्षति वेहोर्नु पर्नेछ । साथीसँग रमाइलो मिल्नेछ ।

काठमाडाैं । काेरोनाविरुद्धको खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फितलो व्यवस्थापनले लक्षित वर्ग मारमा परेका छन् ।  सरकारले चीनबाट ल्याएको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राहत वितरणको काम जारी राखेको छ । निषेधाज्ञाका कारण प्रभावित भएका कलाकारलाई…

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…