Logo जेठ ३०, २०७८ आइतबार


नेपाल कोरोनाभाइरस संक्रमणको उच्च जोखिमयुक्त मुलुकको सूचीमा यथावत

काठमाडौं । अमेरिकाले नेपाललाई कोरोनाभाइरस संक्रमणको उच्च जोखिम रहेको मुलुकमा राखेको छ ।

कोरोनाभाइरस संक्रमणको जोखिम हुने भन्दै अमेरिकाले नेपालमाथि लगाएको यात्रा प्रतिबन्धलाई कायमै राखेको छ । नेपालमा भाइरस संक्रमणको उच्च जोखिम रहेको भन्दै सीडीसीले लेभल–४ को ट्राइभल एड्भाइजरी जारी गरेको हो ।

अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले नयाँ सूचना जारी गर्दै नेपालसहित भारत, पाकिस्तान लगायतका मुलुकमा लगाइएको प्रतिबन्ध कायमै रहेको जनाएको हो ।

अमेरिकाले नेपालसहित दक्षिण एसियाका अन्य मुलुक, ल्याटिन अमेरिकी तथा अफ्रिकाका केही मुलुकलाई भ्रमण गर्न नहुने सूचीमा राखिएको छ ।

सीडीसीले यात्रा गर्न सकिने देशहरुको सूचीमा परिवर्तन गर्दै केही खुकुलो बनाएको छ । जापान लगायतका पाँच दर्जनभन्दा बढी देशलाई भ्याक्सिनको पूर्ण डोज लगाएपछि मात्र भ्रमण गर्न मिल्ने सूचीमा राखिएको छ । ६४ वटा देशमा भ्याक्सिन लगाएरै यात्रा गर्न सकिने भनिएको छ । जुलाइ २३ देखि जापानमा ओलम्पिक सुरु हुने भएकाले अमेरिकाले भ्रमण नीतिमा केही खुकुलो बनाएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

अन्न कृषिमा आम्दानी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दानी मिल्नेछ ।