Logo जेठ ३०, २०७८ आइतबार


‘राष्ट्रपति भण्डारीज्यू ! केपी ओलीवाहेक अरु प्रधानमन्त्री बन्नै नमिल्ने हो ?’

काठमाडौं । वरिष्ठ अधिवक्ता महादेव यादवले राष्ट्रपति विद्यादेवी भण्डारीले नै सरकार बनाउन नदिएको दाबी गर्नुभएको छ ।

सर्वोच्च अदालतमा बुधवार संसद् विघटनसम्बन्धी परेका ३० रिटमाथि विषयकेन्द्रित बहस गर्दै वरिष्ठ अधिवक्ता यादवले अहिले सरकार बन्न नसकेको अवस्था नभएको बताउनुभयो ।

रिट निवेदक रहेको मूल निवेदकका तर्फबाट वहस गर्नुभएका उहाँले सरकार बनाउन राष्ट्रपति भण्डारीले नै अनिच्छुक रहेको जिकिर गर्नुभयो । ‘राष्टपतिले नै सरकार बनाउन नदिएको अवस्था हो,’ उहाँले भन्नुभयो ।

बहुमत लिएर शेरबहादुर देउवा पुगे पनि राष्ट्रपतिले अवरोध गरेको यादवको तर्क थियो । राष्टपति भण्डारीले केपी ओलीबाहेक कसैलाई प्रधानमन्त्री बन्नै नदिने तयारी गरेको देखिएको उहाँको भनाइ थियो ।

बहुमतको आधार प्रस्ट हुँदाहुँदै पनि देउवालाई प्रधानमन्त्री नबनाएको भन्दै यादवले दोहोरो हस्ताक्षरको आरोप निराधार रहेको दलिल पेस गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

अन्न कृषिमा आम्दानी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दानी मिल्नेछ ।