Logo जेठ ३०, २०७८ आइतबार


भारतमा दैनिक संक्रमितकाे संख्या एक लाखभन्दा कम

एजेन्सी । भारतमा कोरोनाभाइरसको दोस्रो लहरबाट दैनिक सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा कम हुन थालेको छ । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा ९२ हजार ५९६ जना कोरोनाभाइरसबाट सङ्क्रमित थपिएका छन् ।

लामो समयपछि दैनिक सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा कम भएको यो दोस्रो दिन भएको पनि केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । यसअघि मंगलबार सार्वजनिक गरिएको विवरणमा एक दिनमा ८६ हजार ४९८ जना सङ्क्रमित भएको देखाइएको थियो ।

त्यसैगरी, त्योभन्दा अघिल्लो दिन सोमबार एक लाख ६३६ जना सङ्क्रमित भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमितहरुको कुल सङ्ख्या दुई करोड ९० लाख ८९ हजार ६९ पुगेको छ । मन्त्रालयका अनुसार अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या १२ लाख ३१ हजार ४१५ रहेको छ ।

कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या दुई करोड ७५ लाख चार हजार १२६ रहेको जनाइएको छ । पछिल्लो २४ घण्टामा देशभरी कोरोनाका कारण कुल दुई हजार २१९ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाका कारण अहिलेसम्म मृत्यु भएकाहरुको सङ्ख्या तीन लाख ५२ हजार ५२८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष-करियरको चिन्ताले मानसिक अशान्ति बढ्नेछ । प्रेममा धोका दिनेछन् । वादविवादले मित्रता टुट्नेछ । वृष- स्त्री पक्षबाट सहयोग आउनेछ ।…

हाल देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

हरेक व्यक्तिकाे विवाह उसको स्वभाव संस्कृति र आवश्यकतामा मात्र होइन कुण्डलीमा बिराजमान ग्रह दशामा पनि निर्भर रहन्छ ।

एजेन्सी । पाकिस्तानका सरकारी कर्मचारी तल वृद्धि कम भएको भन्दै आन्दोलित भएका छन् । नयाँ आर्थिक वर्षमा सरकारले घोषणा गरेको…

मेष-काममा अशान्ति हुनेछ । पारिवारिक बोझ बढ्नेछ । मनमा शंका र चिन्ता बढ्नाले काममा व्यवधान आउनेछ । साताको मध्यमा भने…

अन्न कृषिमा आम्दानी वृद्धि हुनेछ । प्रिय वस्तुको प्राप्ति हुनेछ । पशुचौपायाबाट आम्दानी मिल्नेछ ।